फिदिम, पाँचथर ।

Pasupati Ayurvedic
Nepalitheme

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाँचथरको सदरमुकाम फिदिममा पहिलो जिल्ला सम्मेलन सम्पन्न गरेका छन्।

सोमबार सम्पन्न सम्मेलनले प्रकाश गुरुङलाई पार्टीको जिल्ला सभापतिमा चयन गरेको हो। यसअघि गुरुङ नेपाली कांग्रेसबाट सक्रिय राजनीतिमा संलग्न हुनुहुन्थ्यो। नेपाली कांग्रेसका तर्फबाट उहाँ २०७४ सालको स्थानीय तह निर्वाचनमा फिदिम–४ का वडाध्यक्षमा निर्वाचित भएका थिए।

ऊनको स्वीटर टेजर

सम्मेलनले अन्य पदाधिकारीहरू समेत चयन गरेको छ। उपसभापतिमा शहरसिं तामाङ, सचिवमा धनकुमार धमला, सह–सचिवमा यामकुमार शिवाकोटी र कोषाध्यक्षमा सिर्जना रिजाल चयन भएका छन्।

सम्मेलनमा राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य तथा सांसद एवं पूर्व स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की र सह–प्रवक्ता रमेश प्रशाई लगायतका नेताहरूको उपस्थिति रहेको थियो।

सभापति चयन भएपछि प्रकाश गुरुङले बेथिति र भ्रष्टाचारको अन्त्यका लागि आफू राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेको बताउनुभयो।

 

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय