मिक्लाजुङ, पाँचथर। मिक्लाजुङ गाउँपालिकामा योङ कम्युनिष्ट लिग (वाइसीएल) नेपालको पालिका स्तरीय भेला सम्पन्न भएको छ। भेलाले ओम माखिमको संयोजकत्वमा २१ सदस्यीय समिति गठन गरेको छ। समितिको सह–संयोजकमा होम खड्का, सुरज योङहाङ र राजन राई चयन भएका छन्।

Pasupati Ayurvedic
Nepalitheme

नेकपा (माओवादी केन्द्र)का प्रदेश सचिवालय सदस्य तथा पाँचथर जिल्ला इन्चार्ज दिनेश लाओतीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले नयाँ समिति गठन गरेको हो।

भेलामा प्रदेश सचिवालय सदस्य शंखरध्वज नेम्बाङ, प्रदेश सदस्य एवं मिक्लाजुङ गाउँपालिकाका जननिर्वाचित अध्यक्ष अमरराज माखिम, पार्टीका मिक्लाजुङ गाउँपालिका अध्यक्ष अविशन लाओती लगायतको उपस्थिति रहेको थियो।

ऊनको स्वीटर टेजर

वाइसीएल नेपाल पाँचथरका अध्यक्ष गणेश तुम्रोकले कार्यक्रमको विवरण सार्वजनिक गरेका हुन्।

 

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय