फालेलुङ, पाँचथर

फालेलुङ गाउँपालिकामा लिम्बू जातिको सांस्कृतिक गीत पालाम “नारागेन चइत इमेनारक” को म्यूजिक भिडियो सार्वजनिक गरिएका छन्। गायक मान लिम्बू र गायिका भीमा चेम्जोङको स्वर र निर्माणमा तयार यो म्यूजिक भिडियो लिम्बू समुदायको मौलिक सांस्कृतिक धरोहरलाई उजागर गर्न केन्द्रित छ।

Nepalitheme
Pasupati Ayurvedic

फालेलुङ गाउँपालिकाको वाङमय प्रतिष्ठानद्वारा आयोजित विशेष कार्यक्रममा भिडियोको औपचारिक सार्वजनिक गरिएको थियो। सोही अवसरमा म्यूजिक भिडियोमा अभिनय गर्ने १२ जना कलाकारहरुलाई सम्मान गरिएको थियो। सम्मानित कलाकारहरुमा सञ्चमान ताम्लिङ, आइतहाङ चोम्बाङ, शान्ति सुब्बा, नुमा अनुसा नेयोङ, मिरा फियाक, गीता नेम्बाङ, सुरेन शिशिर केरुङ, नाम्हाङ चोङ्बाङ, रजनी हाङसरुम्बा, पूर्ण चोङ्बाङ, केहेरमान चोङ्बाङ र दिलकुमार चोङ्वाङ रहेका थिए।

कार्यक्रमको प्रमुख अतिथि फालेलुङ गाउँपालिकाका अध्यक्ष वीरबिक्रम थाम्सुहाङ थिए। सिद्ध देवी माध्यमिक विद्यालय सिदिनको सभाहलमा सम्पन्न उक्त कार्यक्रम वाङमय प्रतिष्ठान फालेलुङका अध्यक्ष सुरेन शिशिर केरुङको अध्यक्षतामा सम्पन्न भएको हो।

ऊनको स्वीटर टेजर

कार्यक्रमको आकर्षणका रुपमा गायन र नृत्य प्रस्तुत गरिएको थियो। साथै, सिद्ध देवी माध्यमिक विद्यालयले दीपावलीको अवसरमा सञ्चालन गरेको देउसी भैलो नाचको भिडियो पनि कार्यक्रममा प्रदर्शन गरियो।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय