पाँचथर, फिदिम नगरपालिका–१३ मा गत असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढी र पहिरोबाट प्रभावित परिवारलाई नेकपा माओवादी केन्द्र वडा कमिटीले नगद सहयोग गरेको छ।

Nepalitheme
Pasupati Ayurvedic

माओवादी केन्द्र वडा कमिटीले बाढी र पहिरोका कारण विस्थापित भएका १८ परिवारलाई जनही १० हजार रुपैयाँ नगद सहयोग हस्तान्तरण गरेको वडा अध्यक्ष चोत्लुङ नेम्वाङले जानकारी दिनुभयो। उहाँका अनुसार, यसपालीको दशैं फिदिम–१३ का बासिन्दाहरूका लागि विशेष गरी अविस्मरणीय रह्यो, किनकि बाढी र पहिरोले अत्यधिक क्षति पुर्‍याएको थियो। प्रभावित क्षेत्रमा खालिङ्खोप, फोक्टे, कालिडाँडा, चोक्टि, छेऊटार, जरबुटे, स्यालधोती, साङमेना, लम्मुटा र साँघुबोटे जस्ता गाउँहरू रहेका छन्।

माओवादी केन्द्र प्रदेश कमिटीका अध्यक्ष हर्कबहादुर नेम्वाङको प्रमुख आतिथ्यतामा राहत वितरण गरेको थियो। राहत वितरणका साथै अध्यक्ष नेम्वाङले पीडितहरूसँग भेटघाट गरी जनताको समस्या सुन्नुका साथै भौतिक संरचनामा पुगेको क्षतिको अवलोकन गर्न उक्त क्षेत्र पुगेका थिए ।

ऊनको स्वीटर टेजर

अध्यक्ष नेम्वाङले प्रभावित परिवारहरूलाई सरकारले छिट्टै थप राहत व्यवस्थापन गर्ने आश्वासन दिनुहुँदै, आफ्नो पार्टीले सरकारसँग पहल गरेर थप सहयोगको प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

वडा अध्यक्ष चोत्लुङ नेम्वाङका अनुसार, बाढी र पहिरोले फिदिम–१३ मा १०० भन्दा बढी घरहरूमा क्षति पुर्‍याएको छ, जसमा १८ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। तत्कालीन राहतस्वरूप पीडित परिवारलाई नगद सहयोग गरिएको हो। साथै, वडा सरकारबाट पनि क्षतिको विस्तृत विवरण संकलन गरी थप राहतको व्यवस्थापन गरिने जानकारी दिनुभयो।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय