Pasupati Ayurvedic
Nepalitheme

पाँचथरको फिदिम नगरपालिका–७, रानीटारमा अवस्थित ग्रिनहिल एकेडेमी वोडिङ स्कूलले बाल दिवसको विभिन्न गतिविधिका साथ मनाएको छ।

शुक्रबार विद्यालयमा विविध सांस्कृतिक तथा खेलकुद कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयले आयोजना गरेको उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा फिदिम नगरपालिकाका उपप्रमुख राधाकृष्ण न्यौपानेले उपस्थित रहेको संस्थापक बल बहादुर गुरुङले जानकारी दिए।

ऊनको स्वीटर टेजर

कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति र खेलकुद प्रतियोगिता सम्पन्न भएको थियो। प्रतियोगितामा विजयी विद्यार्थीहरूलाई सम्मान गर्दै पुरस्कार वितरण गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि उपप्रमुख न्यौपानेले निजी विद्यालयहरूले गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिँदै स्वस्थ प्रतिस्पर्धाका साथ शिक्षा सुधार गर्न आह्वान गरे। साथै, निजी विद्यालयको विकास र सञ्चालनका लागि स्थानीय सरकारबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाए।

कार्यक्रममा फिदिम–७ का वडा सदस्य बलबहादुर राई र भीमाकुमारी दुलाल, रानीटार माविका शिक्षक ज्ञनाथ बाँस्कोटा, पञ्चकन्या आधारभूत विद्यालयका प्रधानाध्यापक रामप्रसाद बाँस्कोटा, स्थानीय समाजसेवीहरू भीमबहादुर गुरुङ र माया तामाङले शिक्षा पाउने अधिकार सुनिश्चित गर्न अभिभावक र शिक्षकहरूको सहकार्य आवश्यक रहेकोमा जोड दिए।

विद्यालयका संस्थापक गुरुङले १ सय ५० जना विद्यार्थी अध्ययनरत कक्षा ६ सम्मको सो विद्यालयमा त्रैमासिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पनि पुरस्कार वितरण गरिएको जानकारी दिए।

विद्यालयका सहयोगी दीपेन्द्र थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

 

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय