काठमाडौं : पाँचथरको फालेजुङ गाउँपालिका ५ डाँडागाउँमा ग्रिनेड विष्फोटमा परी ज्यान गुमाएका परिवारलाई ५ लाख राहत दिने निर्णय सरकारले गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जानकारी दिए।

Nepalitheme
Pasupati Ayurvedic

दुर्घटनामा पाँचथर फालेजुङ गाउँपालिका ५ मा भदौ १४ मा भएको विष्फोटनमा परी साढे २ वर्षिया प्रिन्सा र ११ वर्षका दिप्सन सावाँको मृत्यु भएको थियो।

विष्फोटनमा घाइते दुई बालकको उपचारका लागि लाग्ने खर्च सरकारले बेहोर्ने निर्णय गरेको समेत मन्त्री पौडेलले जानकारी दिए।

ऊनको स्वीटर टेजर

कीर्तिपुरस्थित बर्न अस्पतालमा घाइते १० वर्षका पवन राई र ७ वर्षका दिप्सन राईको उपचार भइरहेको छ।

केही दिन अघि मन्त्री पौडेलले अस्पतालमा गएर उपचाररत बालकहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उपचारमा सरकारले सघाउने प्रतिबद्धता परिवारसमक्ष जनाएका थिए।

त्यसलगत्तै बसेको मन्त्रिपरिषद बैठकले मृतकलाई राहत र घाइतेका लागि उपचारको निर्णय गरेको हो।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय