Pasupati Ayurvedic
Nepalitheme

पाँचथर: बाल गायक राजेश परियारको आवाजमा “मनमा माया” बोलको नयाँ गीत सार्वजनिक भएको छ। गीतको शब्द बिरेन्द्र थाम्सुहाङ र संगीत तोरेम्पा हाङ्गले तयार पारेका हुन्। काठमाडौंको अनामनगरस्थित स्टुडियो किङ्गमा रेकर्ड गरिएको यो गीत पाँचथर फालेलुङ युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो।

राजु कार्कीले एरेन्ज गरेको यो गीत सुरेश राईले रेकर्ड गरेका छन् भने भिडियो छायांकन तथा सम्पादन ईसाक जवेगुले गरेका हुन्। गीतको स्टुडियोमा छायांकन गरिएको भिडियो पनि एकसाथ सार्वजनिक गरिएको छ।

ऊनको स्वीटर टेजर

सुनसरीका १२ वर्षीय राजेश परियार, भ्वाइस अफ नेपाल किड्स सिजन २ का प्रतिस्पर्धी समेत रहेका छन्। ६ वर्षदेखि संगीत क्षेत्रमा सक्रिय रहेका राजेशले आफ्नो गायन यात्रा सुरु गरेदेखि नै विभिन्न मञ्चमा प्रस्तुति दिँदै आएका छन्। उनका बुबा नेपाली सेनामा कार्यरत भएका कारण उनले बाल्यकालमा आर्मी बन्ने सपना देखे पनि पछिल्लो समय संगीतप्रति उनको झुकाव बढ्दै गएको छ।

हाल कक्षा ७ मा अध्ययनरत राजेशलाई विद्यालयमा साथीहरू र शिक्षकहरूले विशेष स्नेह गर्ने गरेको उनी बताउँछन्। उनले भने, “स्कुलमा शिक्षक र साथीहरूले मलाई धेरै माया गर्नु हुन्छ। मलाई गीत गाउन लगाउनुहुन्छ र अझै राम्रो गर्दै जान भनेर सल्लाह दिनुहुन्छ।”

राजेशले हालसालै विभिन्न अन्तर्वार्ता र कार्यक्रममा आफ्नो गायन प्रस्तुत गर्दै व्यस्त समय बिताइरहेका छन्।

 

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय