पाँचथर।

Nepalitheme
Pasupati Ayurvedic

पाँचथरको फाल्गुनन्द गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट सार्बजनिक गरेका छन् ।

असार ९ गते नीति तथा कार्यक्रम सार्बजनिक गरेको थियो भने, १० गते बजेट सार्बजनिक गरेको हो। गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ५२ करोड ५३ लाख १९ हजार बजेट ल्याएको छ। आगामी वर्ष कार्यान्वयन हुने गरी उपाध्यक्ष ठाकुरसिग नेम्वाङले बजेट प्रस्तुत गरेका थिए ।

ऊनको स्वीटर टेजर

गाउँपालिकाको आन्तरिक आयबाट ६० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ। संघीय सरकारबाट राजश्व बाडफाड वापत ९ करोड ११ लाख रुपैयाँ संघीय वित्तीय समानीकरण वापत ९ करोड ९२ लाख,  संघीय सशर्त चालु अनुदान बापत २४ करोड ५१ लाख, संघीय ससर्त पुजीगत अनुदान वापत ३ करोड ५८ लाख रुपैयाँ र संघीय विशेष अनुदान वापत रु ७५ लाख प्राप्त भएको छ भने प्रदेश सरकारबाट राजश्य बाँडफाड बापत ३४ लाख ५० हजार, प्रदेश वितीय समानीकरण बापत ६० लाख ३० हजार, प्रदेश सशर्त अनुदान बापत एक करोड ६२ लाख ५९ हजार, प्रदेश समपुरक अनुदान बापत ९९ लाख बजेट प्राप्त भएको छ । त्यस्तै गाउँपालिकाको मौज्दाता तर्फ ५० लाख रहने अनुमान गरेको नेम्वाङले बताए ।

गाउँपालिकाले यसवर्ष पहिलो प्राथमिक्तामा शिक्षालाई जोड दिएको छ। पालिकामा पठन पाठन भइरहेको मातृभाषा शिक्षालाई थप विस्तार, अनुगमनलाई प्रभावकारी र व्यवस्थित गर्दै लाने भएको हो। हाल कार्यरत भाषा शिक्षक,स्वयम सेवक शिक्षक, बाल कक्षा शिक्षक, नमुना विद्यालय शैक्षिक सुधार शिक्षक पारिश्रमिक,शिक्षा स.का/ का.स/ बिद्यालय कर्मचारी पारिश्रमिक साझेदारी गरी कुल रकम रु १ करोड ७७ लाख ९२ हजार रुपैया विनियोजन गरेको छ।

गाउँपालिकाको नीति तथा कार्यक्रम, बजेट र राजस्व परामर्श तल दिएको Link मा [PDF] बनाएर राखिएको छ्।

फाल्गुन्द गाउँपालिकाको बजेट वक्तब्य २०८१-८२

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय