पाँचथर ।

Nepalitheme
Pasupati Ayurvedic

पाँचथरमा आजदेखि ‘ऊनको स्वीटर’ फिल्मको छायांकन सुरु भएको छ ।

पाँचथरको चर्चित पर्यटकिय क्षेत्र साधुटारमा आज पहिलो दिन छायांकन गरिएको लाइन प्रड्युसर फुङ्सो जबेगूले जानकारी दिए । साधुटारपछि नवमीडाँडा, सत्यरुपा, सिलौंटी र त्यसपछि चारराते छायांकन हुने छ्। पाँचथरमा फिल्मको छायांकन सेड्युल अनुसार ४० दिनदेखि ४५ दिनको रहेको जबेगूले बताए ।

ऊनको स्वीटर टेजर

फिल्ममा विपिन कार्की र मिरुना मगरको शीर्ष भूमिका छ । उनीहरुले केही दिनमा छायांकन सेट ज्वाइन गर्नेछन् । निर्देशक चौहानकै लेखन रहेको फिल्मलाघ सुरज कटुवालले सहलेखन गरेका छन् । फिल्मलाई चिन्तनराज भण्डारीले खिच्दैछन् ।

‘ऊनको स्वीटर’मा एलेक्स पारस, परीक्षा लिम्बू, माओत्से गुरुङ, सुरज तमू, मिलन खत्री, अरुण पुन मगर, भावना खपाङ्गी मगर, कवि राई, रुपेश लामा, प्रकाश बस्नेत, लक्ष्मी योङहाङ, प्रेम सुब्बा, इन्द्रनारायण आङदेम्बे, नरेश लावती लगायतले पनि अभिनय गरेका छन् । फिल्मलाई असोज-कात्तिकतिर रिलिज गर्ने लक्ष्य राखिएको छ ।

तस्विर सहयोग-फुङ्सो जबेगू

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय