खोटाङ ।  विभिन्न संस्थामा आबद्ध रही सामाजिक गतिविधिमा संलग्न हुँदै आएका आरेन राईले श्रम संस्कृति पार्टीको तर्फबाट प्रतिनिधिसभाको यात्रा तय गरेका छन् ।

Pasupati Ayurvedic
Nepalitheme

बेरोजगार संघ, राष्ट्रवादी केन्द्र नेपाल, मङ्गोल नेशनल अर्गनाइजेसनलगायतमा काम गरेका राईले एमाले उम्मेदवार देवविक्रम राईलाई ३ हजार ८ सय ९८ मतान्तरले पराजित गरेका हुन् । आरेनले १६ हजार ६सय १२ मत ल्याएर जित हात पारेका हुन् ।

देवविक्रमले १२ हजार ७ सय १४, कांग्रेसका वीरकाजी राईले ११ हजार ९ सय ५७,  नेपाल कम्युनिष्ट पार्टीका हरि रोकाले ९ हजार ४ सय ४३ र राष्ट्रिय स्वतन्त्र पार्टीका रुद्र गिरीले ५ हजार ७ सय ४ मत ल्याएका छन् । यो निर्वाचनमा दुई स्वतन्त्रसहित १५ जना उम्मेदवार थिए ।

ऊनको स्वीटर टेजर

खोटाङबाट विजेता बनेका राई विभिन्न अभियानमा संलग्न भए पनि मूलधारको राजनीतिमा भने थिएनन् । श्रम संस्कृति पार्टीको जन्मसँगै उनी महासचिवको भूमिकामा रहेपछि आएका थिए । २०७० सालताका बेरोजगार संघ, राष्ट्रवादी केन्द्र नेपाल र मङ्गोल नेशनल अर्गनाइजेसनमा (२०७४–२०८०) सम्म आबद्ध हुँदै विभिन्न सामाजिक र राजनीतिक गतिविधिमा संलग्न राई श्रम संस्कृति पार्टीको संस्थापक महासचिव हुन् ।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय