फिदिम। 
आगामी फाल्गुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण तथा भयरहित रूपमा सम्पन्न गर्न सरकारले सुरक्षा तयारीस्वरूप निर्वाचन प्रहरी (साविकको म्यादी प्रहरी) भर्नाका लागि आवेदन दर्ता खुलाएको छ। सोहीअनुसार पाँचथर जिल्लामा आवश्यक सुरक्षाकर्मी माग भएपछि पाँछ दिनसम्मा ६८५ जनाले आवेदन दर्ता गराएका छन्।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) अनिसकुमार कर्णका अनुसार पाँचथरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट थप १ हजार २ सय २७ जना निर्वाचन प्रहरीको माग गरिएको छ। मागअनुसार हालसम्म नेपाल प्रहरीतर्फ ५८० जना र सशस्त्र प्रहरी बलतर्फ १०५ जना गरी कुल ६८५ जनाले आवेदन दर्ता गरिसकेका छन्। आवेदन दर्ता प्रक्रिया आजदेखि पाँच दिनसम्म सञ्चालन हुने जानकारी पनि उहाँले दिनुभयो।
निर्वाचन प्रहरीका लागि आवेदन माघ १ गतेसम्म खुला रहनेछ। देशभर कुल १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी भर्ना गर्ने लक्ष्य लिइएको छ। जसमध्ये नेपाल प्रहरीले १ लाख ३३ हजार ९८० जना र सशस्त्र प्रहरी बलले १५ हजार ११० जनाको माग गरेको छ। शनिबार तथा सार्वजनिक बिदाका दिनसमेत सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा आवेदन फारम बुझाउन सकिने जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
निर्वाचन प्रहरी बन्न इच्छुक उम्मेदवार नेपाली नागरिक हुनुपर्ने, उमेर १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ। शैक्षिक योग्यता साधारण लेखपढ गर्न जान्ने भए पुग्नेछ। साथै, उम्मेदवार कुनै राजनीतिक दलको सदस्य नभएको, नैतिक पतन देखिने फौजदारी अभियोग नलागेको तथा शारीरिक र मानसिक रूपमा तन्दुरुस्त हुनुपर्ने मापदण्ड तोकिएको छ।

Pasupati Ayurvedic
Nepalitheme

ऊनको स्वीटर टेजर

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय