पाँचथर। 

Nepalitheme

पाँचथरमा राष्ट्रिय परिवर्तन पार्टीले पुस २ गते फिदिमस्थित पल्लोटार नयाँ बसपार्कमा आमसभा आयोजना गर्ने भएको छ। आइतबार फिदिममा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीले उक्त आमसभाको जानकारी दिएको हो।

आमसभालाई पार्टीका केन्द्रीय अध्यक्ष राजेश पोर्टेलले सम्बोधन गर्ने कार्यक्रम तय भएको पार्टीले जनाएको छ। पछिल्लो समय भदौ २३ र २४ गते सम्पन्न जेनजी आन्दोलनपछि देशमा नयाँ राजनीतिक दलहरूको उदय भइरहेको सन्दर्भमा राष्ट्रिय परिवर्तन पार्टी पनि भर्खरै निर्वाचन आयोगमा दर्ता भएको नयाँ दल हो। पार्टीले मंसिर २७ गते झापास्थित आदिवासी रंगशालामा औपचारिक रूपमा पार्टी घोषणा गरेको थियो।

ऊनको स्वीटर टेजर

जेनजी आन्दोलनपछि देशमा अन्तरिम सरकार गठन भइसकेको छ भने सरकारले फागुन २१ गते निर्वाचन गर्ने घोषणा गरेको छ। आगामी निर्वाचनलाई लक्षित गर्दै विभिन्न राजनीतिक दलहरू सक्रिय रूपमा मैदानमा उत्रिरहेका छन्। यही सन्दर्भमा राष्ट्रिय परिवर्तन पार्टीले पनि हुने निर्वाचनमा उम्मेदवारी दिने तयारी थालेको जनाएको छ।

पत्रकार सम्मेलनमा पार्टीका जिल्ला अध्यक्ष टेकबहादुर लिम्बू तथा जेनजी युनाइटेड मोभमेन्टकी नेत्री प्रतीक्षा राईको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय