फालेलुङ।

Nepalitheme
Pasupati Ayurvedic

पाँचथर जिल्लाको सुदूर–पूर्वी भागमा पर्ने फालेलुङ गाउँपालिकाका उच्च भू–भाग—तीनसिमाना, चारराते र थोकुम—हाल आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा उदाउँदै छन्।

करिब ३६ सय मिटर समुद्री सतहको उचाइमा अवस्थित यी ठाउँहरूमा पछिल्लो समय पर्यटकको बाक्लो भीड देखिन थालेको छ। तीनसिमाना क्षेत्रमा उभिएर सगरमाथा, कञ्चनजङ्गा, कुम्भकर्ण, मकालुलगायतका हिमशृङ्खलासहित भारतको सिक्किम र भुटानतर्फका हिमालहरू समेत छर्लङ्ग अवलोकन गर्न सकिने स्थानीय पर्यटन व्यवसायी चन्द्रलाल नेपालले जानकारी दिनुभयो।

ऊनको स्वीटर टेजर

यसबाहेक, आसपासको जंगल विश्वकै दुर्लभ वन्यजन्तु रेड पाण्डा तथा अन्य वन्यजन्तुको बासस्थानका रूपमा समेत परिचित रहेको छ। साथै, यहाँ कैयौँ परिवार परम्परागत चौँरी व्यवसायमा संलग्न छन्, जसले क्षेत्रकै पर्यटन आकर्षणमा थप योगदान पुर्याएको छ।

तीनसिमाना क्षेत्रमा नेपालको चारवटा गोठस्टे र भारततर्फ एकवटा लज सञ्चालनमा रहेको नेपालले बताउनुभयो। “नेपाल पक्षका गोठस्टेमा एक रातमा १०० भन्दा बढी पर्यटक सहजै बस्न सक्छन्,” उहाँले भन्नुभयो।

हिउँद सुरु भएसँगै तीनसिमाना भ्रामण गर्ने पर्यटकको संख्या झनै बढेको व्यवसायीहरू बताउँछन्। यहाँबाट बिहानको झुल्के घाम (सूर्यदय) र बेलुकाको अस्ताउँदो सूर्य (सूर्यास्त) दुवै अत्यन्त रमणीय देखिने भएकाले बिहानै ५ बजेदेखि नै सूर्यदय हेर्न आउने पर्यटकको भीड बढ्दो छ।

मोटरसाइकल तथा साना गाडीहरू पनि तीनसिमाना–फालोटसम्म सहजै पुग्न सक्ने भएकाले पर्यटक आगमन झनै बढेको स्थानीयहरू बताउँछन्।

नेपाल, भारतको वेस्ट बंगाल र सिक्किम क्षेत्रको सिमाना भएर गएको स्थान भएकाले यसलाई ‘तीनसिमाना’ भनिएको हो। यहाँ ऐतिहासिक ‘जंगे पिलर नम्बर १’ पनि अवस्थित छ, जसले क्षेत्रलाई थप पहिचान दिएको छ।

भिडियो हेर्नुस्।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय