पाँचथर पाँचथर जिल्लाक सीमा सुरक्षा चौकीहरू (बोडर आउट पोस्ट) मा कार्यरत सशस्त्र प्रहरीका लागि सुधारिएको चुल्हो वितरण गरिएको छ। कार्तिक २६ गते मनाइने सशस्त्र प्रहरी बलको १६औँ स्थापना दिवसको अवसर पारेर सशस्त्र प्रहरी बल नेपाल नं. २ हेडक्वाटर गुल्म हिमशिखर फिदिमले रेडपाण्डा नेटवर्कको सहयोगश्री दीप ज्योति युवा क्लबको समन्वयमा चारवटै बीओपीलाई चुल्हो हस्तान्तरण गरेको हो।

Pasupati Ayurvedic
Nepalitheme

पाँचथरमा छिमेकी राष्ट्र भारतसँग जोडिएका चार सीमा चौकी—चिवा भञ्ज्याङ बीओपी (साउथ सिक्किमसँग सीमा), तोरीफुले बीओपी, फालोट बीओपी (वेस्ट बङ्गालसँग सीमा) र सुर्केथाम बीओपी— लाई फलामबाट निर्माण गरिएको सुधारिएको चुल्हो उपलब्ध गराइएको क्लबका कार्यकारी निर्देशक सुनिल बान्तावाले जानकारी दिए।

बान्तावा अनुसार उक्त चुल्होहरू कार्तिक २७ र ३० गते ४ दिनसंबंधित चौकीसम्म पुगी हस्तान्तरण गरिएको हो। यी बीओपीहरू गाउँबस्तीबाट निकै टाढा, दुर्गम तथा नेपाली सुरक्षाकर्मीका लागि चुनौतीपूर्ण क्षेत्रमा अवस्थित सजिलोसँग सडक सुविधा छैन, विद्युत् पुगेको छैन, र दैनिक आवश्यकताका लागि सुरक्षाकर्मीहरूले जंगलबाट दाउरा संकलन गरेरै खाना पकाउनुपर्ने बाध्यता छ। यी चौकीहरू एक-अर्काबाट करिब ७–७ किलोमिटर दूरीमा छन्।

ऊनको स्वीटर टेजर

सुधारिएको चुल्हो स्थापना भएपछि दाउरा खपत कम हुने, कच्चा दाउरा प्रयोग न्यूनिकरण हुने, धुवाँका कारण हुने स्वास्थ्य समस्या घट्ने, र वन फडानी रोकथाममा सहयोग पुग्ने अपेक्षा गरिएको बान्तावाले बताए। प्रत्येक बीओपीलाई दैनिकि खाना बनाउन रोटि बनाउनका लागि एक/एक थान चुल्हो हस्तान्तरण गरिएको हो।

रेडपाण्डा संरक्षणका लागि काम गर्दै आएको रेडपाण्डा नेटवर्कले यस अभियानअन्तर्गत चुल्हो निःशुल्क प्रदान गरेको हो। रेडपाण्डा पाइने क्षेत्र—फालेलुङ गाउँपालिका, याङवरक गाउँपालिका, इलाम र ताप्लेजुङका पहाडी भूभाग—मा कच्चा दाउरा अत्यधिक प्रयोग तथा वन फडानीका कारण आवास संरचना प्रभावित भइरहेको हुँदा बीओपीस्तरमै वातावरणीय सचेतना फैलाउन यो कार्यक्रम गरिएको नेटवर्कले जनाएको छ।

विश्वमै लुपन्मुखमा पर्ने, निकै लजालु प्रकृतिको जंगली जनावर रेडपाण्डा (हाब्रे) संरक्षणका लागि स्रोत–सम्पदा जगेर्ना, दाउरा खपत घटाउने, र सुरक्षाकर्मीलाई वातावरणमैत्री अभ्यासमा प्रोत्साहन गर्ने उद्देश्य रहेकाले चुल्हो वितरण गरिएको क्लबले जनाएको छ।

चुल्हो हस्तान्तरण कार्यक्रममा सशस्त्र प्रहरी बल हिमशिखर गुल्मका सशस्त्र प्रहरी निरीक्षक माधव खत्री, श्री दीप ज्योति युवा क्लबका कार्यकारी निर्देशक सुनिल बान्तावासहितको उपस्थित रहेको थियो।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय