पाँचथर।
पाँचथरको फाल्गुनन्द गाउँपालिका–५, पञ्चमी बजार नजिकै निर्माणाधीन सहकारी भवनको सेफ्टी ट्याङ्कीमा काम गर्ने क्रममा बुधवार दिउँसो चार जना कामदार बेहोस भएका छन्।

Pasupati Ayurvedic
Nepalitheme

ट्याङ्कीभित्र सटिङ खोल्ने क्रममा अक्सिजनको कमी हुँदा उनीहरू बेहोस भएको प्रारम्भिक अनुमान गरिएको छ।

बेहोस भएकामध्ये ३५ वर्षीय रतन चेम्जोङलाई इलाम अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। २४ वर्षीय भिष्म चेम्जोङ र ४० वर्षीय विरू चेम्जोङको अवस्था गम्भीर रहेको जनाइएको छ भने ३० वर्षीय सन्तोष चेम्जोङको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

ऊनको स्वीटर टेजर

घटनापछि स्थानीयबासी र प्रहरीको सहयोगमा स्काभेटर प्रयोग गरी ट्याङ्की फुटाएर उद्धार गरिएको थियो। सबै घाइते कामदारहरू फाल्गुनन्द–५ निवासी हुन् र उनीहरू घुर्बिसे पञ्चमी बचत तथा ऋण सहकारी संस्थाको भवन निर्माण कार्यमा संलग्न थिए।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

 

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय