फिदिम, पाँंचथर।

Pasupati Ayurvedic
Nepalitheme

रचना रिमालको स्वरमा रहेको नयाँ गीत “चोखो माया” को अफिसियल म्युजिक भिडियो आइतबार सार्वजनिक गरिएको छ। भिडियो रजनी हाङ्सरुम्वाको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

भिडियोमा रजनी हाङ्सरुम्वा र भिम चेम्जोङको मुख्य अभिनय रहेको छ भने उनीहरूसँगै सुस्मा हाङ्सरुम्वा, सुबास राई समीप र उमा हाङ्सरुम्वाले पनि अभिनय गरेका छन्। भिडियोको निर्देशन फुङ्सो जबेगूले गरेका हुन्।

ऊनको स्वीटर टेजर

गीतमा रचना रिमालको स्वर रहेको छ भने शब्द बासुदेव दनुवारले लेखेका हुन्। संगीत सूर्य राई दनुवारले तयार पारेका छन्। भिडियोको छायांकन भूपेन योङहाङले गरेका हुन्।

प्रेम कथामा आधारित यस भिडियोले वैवाहिक सम्बन्ध र प्रेमबीचको द्वन्द्व प्रस्तुत गरेको छ। कलाकार रजनी हाङ्सरुम्वाका अनुसार, कथामा एक पुरुषले विवाहपछिको दोस्रो प्रेम सम्बन्धका कारण आफ्नी श्रीमतीले आत्महत्या गर्नुपरेको मार्मिक घटनालाई चित्रण गरिएको छ।

भिडियोमा लिम्बू समुदायको सांस्कृतिक भेषभूषा र ग्रामीण परिवेशलाई प्राथमिकता दिइएको छ, जसले कथालाई अझै मौलिक बनाएको छ।

भिडियो—-

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय