फिदिम,पाँचथर ।

Nepalitheme
Pasupati Ayurvedic

पाँचथर बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का उपेन्द्र थापा निर्वाचित भएका छन्। उनले निकटतम प्रतिस्पर्धी अनेरास्ववियुकी विमला पुरीलाई ५९ मतको अन्तरले पराजित गर्दै जित हासिल गरेका हुन्।

थापाले १९६ मत प्राप्त गर्दा पुरीले १३७ मत पाइन्। थापालाई नेविसंघ, अखिल (क्रान्तिकारी), संघीय विद्यार्थी युनियन र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघको समर्थन रहेको थियो। भने, पुरीलाई अनेरास्ववियु, संघीय विद्यार्थी युनियन र अनेरास्ववियूको समर्थन थियो।

ऊनको स्वीटर टेजर

सचिवमा थापा प्यानलकै अखिल (क्रान्तिकारी)का सुजन कुमार तामाङ विजयी भएका छन्। उनले १८० मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी कार्मिन आङ्देम्बेले १४२ मत पाएकी थिइन्।

यस्तै, कोषाध्यक्षमा नेविसंघका चेतन नेपाल निर्वाचित भएका छन्। उनले १७९ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी मेरिना हाङ्मा योङ्हाङले १४३ मत पाइन्।

समितिको सदस्यहरूमा लक्ष्मी केरुङ, जुनु सुहाङ, युन्छोमा नेम्बाङ, रीता बाँस्कोटा र लक्ष्मण अधिकारी निर्वाचित भएका छन्। अधिकारीबाहेक अन्य निर्वाचित पदाधिकारी र सदस्यहरू थापा प्यानलबाट निर्वाचनमा सहभागी भएका थिए।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय