फालेलुङ, पाँचथर । फालेलुङ गाउँपालिकाले बाहिरबाट आयातित खादा, ब्याज तथा प्लास्टिकका फूलहरूको प्रयोगलाई निरुत्साहित गर्दै स्थानीय स्तरमा उत्पादित सामग्रीको प्रवर्द्धन गर्ने उद्देश्यले मकैको खोस्टाबाट फूल र ब्याज बनाउने तालिम सञ्चालन गरेको छ।

Pasupati Ayurvedic
Nepalitheme

घरेलु तथा साना उद्योग कार्यालय पाँचथरको आयोजनामा, फालेलुङ-५ नम्बर वडा सरकार र फालेलुङ सामुदायिक होमस्टेको सहजीकरणमा फाल्गुन ३ देखि ९ गतेसम्म ६ दिने तालिम सम्पन्न भएको हो। तालिममा १७ जनाले मकैको खोस्टाबाट विभिन्न सजावटी फूल र ब्याज बनाउने सीप हासिल गरेका छन्। पर्यटन व्यवसायी डिल्लीप्रसाद केरुङका अनुसार, यो तालिम स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै स्वरोजगार सिर्जना गर्ने महत्वपूर्ण कदम हो।

यसअघि फालेलुङको सामुदायिक होमस्टेले आन्तरिक तथा बाह्य पर्यटकहरूको स्वागत र बिदाइका लागि मकैको खोयाबाट माला बनाउने चलनलाई प्रोत्साहित गर्दै आएको थियो। होमस्टे सञ्चालक रीता राईका अनुसार, मकैको खोस्टा सामान्यत: गाईबस्तुको लागि मात्र प्रयोग हुने गरेको भए पनि, तालिमले यसलाई उपयोगी सामग्रीमा रूपान्तरण गर्ने सम्भावनालाई उजागर गरेको छ। तालिममा सहभागी मनमाया राई भन्छिन्, “गाउँमा उत्पादन हुने मकैको दाना मात्र होइन, अब खोस्टा र खोयाबाट पनि आम्दानी लिन सकिन्छ, जुन हामीलाई निकै उपयोगी देखिएको छ।”

ऊनको स्वीटर टेजर

गाउँपालिकाले बाहिरबाट आयात हुने खादा, ब्याज र प्लास्टिकका फूलहरूलाई प्रतिबन्ध लगाउने नीति लिएको छ। स्थानीय उत्पादनको प्रयोगले आर्थिकरूपमा गाउँलाई आत्मनिर्भर बनाउन सकिने गाउँपालिका अध्यक्ष वीरविक्रम थाम्सुहाङ बताउनुहुन्छ। तालिममा सहभागीहरूले बजार व्यवस्थापनको चुनौती रहेको बताएका छन्, जसलाई समाधान गर्न स्थानीय सरकारले पहल गर्ने बताइएको छ।

फालेलुङ गाउँपालिका हाल आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण केन्द्र बन्दै गएको छ। फालोट, शिखरगुम्बा, नेपाली टार, चारराते र संदर्पूर जस्ता स्थानहरू लोकप्रिय गन्तव्य बनेका छन्। यस्तै, यहाँ विभिन्न गीत तथा चलचित्रहरूको छायांकन समेत हुने गरेको छ। पर्यटन प्रवर्द्धनसँगै स्थानीय उत्पादनलाई जोड्दै लैजान यो पहलले रोजगारी सिर्जना गर्न मद्दत पुग्ने विश्वास गरिएको डिल्लीप्रसाद केरुङले बताए।

फूलहरु–

f

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय