पाँचथर।

Pasupati Ayurvedic
Nepalitheme

पाँचथरको प्राकृतिक सौन्दर्यलाई समेटेर तयार पारिएको “चरी भञ्ज्याङ् डाँडैमा” बोलको गीत सार्वजनिक भएको छ। बिरेन्द्र थाम्सुहाङको शब्दमा रहेको गीत माघ २९ गते बुधबार “पाँचथर फालेलुङ” युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गीतमा चर्चित गायक राजेश पायल राई र गायिका सुनिता थेगिमले स्वर भरेका छन् भने संगीत टोरेम्पा हाङ्ले दिएका छन्। यस गीतमा पाँचथरको फालेलुङ-२ र याङ्वरक-३ मा पर्ने चरी भञ्ज्याङ् क्षेत्रलाई मुख्य रूपमा समेटिएको छ। साथै, याङ्वरक गाउँपालिकाको केन्द्र निशान बजार, च्याङ्थापू, गणेश चोक, कालोपानी र ऐतिहासिक हिलिहाङ दरबारलाई पनि गीतमा समावेश गरिएको छ।

ऊनको स्वीटर टेजर

गीतका रचनाकार बिरेन्द्र थाम्सुहाङले यसअघि पनि पूर्वी नेपालका प्राकृतिक, सांस्कृतिक र मौलिक पक्ष झल्काउने दर्जनौँ गीत सार्वजनिक गरिसकेका छन्। फालेलुङ-३, माङ्लेबुङका स्थायी बासिन्दा थाम्सुहाङ लामो समयदेखि काठमाडौंमा बसेर संगीत साधनामा लागिपरेका छन्।

भिडियो हेर्नुस्।

 

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय