पाँचथर ।
पाँचथरको फिदिम नगरपालिकाले वडा नं. १३ र १४ का बासिन्दाहरूलाई लक्षित गर्दै एम्बुलेन्स हस्तान्तरण गरेको छ। बुधबार आयोजित एक कार्यक्रमका बीच लुङरुपा स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स हस्तान्तरण गरेको हो।

Pasupati Ayurvedic
Nepalitheme

फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले र उपप्रमुख राधाकृष्ण न्यौपानेको उपस्थितिमा भएको कार्यक्रममा वडा नं. १३ का अध्यक्ष दिलकुमार नेम्वाङले एम्बुलेन्स हस्तान्तरण गरिएको जानकारी दिए। नगर प्रमुख काफ्लेले ७० वर्षभन्दा माथिका बिरामी र गरिब अपांगता भएका व्यक्तिहरूलाई निःशुल्क सेवा दिने उद्देश्यले एम्बुलेन्स उपलब्ध गराइएको बताए।

भौगोलिक रूपमा विकट लुङरुपा क्षेत्रमा चुनावी प्रतिबद्धता अनुरूप झन्डै अढाई वर्षपछि एम्बुलेन्स पुगेको हो। नेपाल सरकारको कर छुटको सुविधा उपयोग गरी २२ लाख रुपैयाँमा खरिद गरिएको एम्बुलेन्स ‘ख’ वर्गको हो।

ऊनको स्वीटर टेजर

स्वास्थ्य चौकी प्रमुख रामकुमार यादवले एम्बुलेन्स लुङरुपा स्वास्थ्य चौकीको नाममा खरिद गरिएको जानकारी दिए। नगर प्रमुख काफ्लेले सो स्वास्थ्य चौकीमा चाँडै बर्थिङ सेन्टर सञ्चालन गरिने बताए। बर्थिङ सेन्टरका लागि आवश्यक सामग्री र स्वास्थ्यकर्मीको तयारी अन्तिम चरणमा रहेको र १५ देखि २० दिनभित्र सेवा सुरु हुने उनले जनाए।

गाउँमा एम्बुलेन्स पुगेपछि स्थानीयवासी खुशी भएका छन्। टिकाहाङ नेम्वाङले ग्रामीण क्षेत्रको भिरपाखा र अप्ठ्यारो भूगोलका कारण दुर्घटनामा परेका बिरामीलाई समयमै अस्पताल लैजान एम्बुलेन्सले महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

हालका लागि एम्बुलेन्स फिदिम नगरपालिकामा राख्ने र आवश्यकता अनुसार लुङरुपा ल्याउने योजना रहेको वडा नं. १४ का अध्यक्ष राजकुमार नेम्वाङले जानकारी दिए। स्वास्थ्य चौकीमा प्राथमिक उपचार उपलब्ध गराइने र गम्भीर अवस्थामा जिल्लामा रेफर गरिने व्यवस्था मिलाइएको उनले बताए।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय