पाँचथर।

Nepalitheme
Pasupati Ayurvedic

पाँचथरको फिदिम नगरपालिका–१४ मा वडा कार्यालयको बजेटमार्फत दुई विद्यालयका ३५० विद्यार्थीलाई ट्र्याकसुट र स्वेटर वितरण गरिएको छ। बुधबार आयोजित कार्यक्रममार्फत फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले र उपप्रमुख राधाकृष्ण न्यौपानेको उपस्थितिमा कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई कपडा हस्तान्तरण गरेका छन्।

वडा अध्यक्ष राजकुमार नेम्वाङका अनुसार श्री महादेव गुप्तेश्वर माध्यमिक विद्यालयका २१० र श्री युवराज आधारभूत विद्यालयका १४० विद्यार्थीलाई ट्र्याकसुट र स्वेटर प्रदान गरिएको हो। उनले आर्थिक वर्ष २०८१/८२ का लागि वडाको ५ लाख रुपैयाँ बजेट विनियोजन गरी कपडा वितरण गरिएको जानकारी दिए। महादेव गुप्तेश्वर माविमा स्थानीय जातजातिका भाषाहरूमा पठनपाठन सुरु गरिएको छ। राई, लिम्बू र मगर भाषामा शिक्षण अगाडि बढाइएको जानकारी अध्यक्ष नेम्वाङले दिए।

ऊनको स्वीटर टेजर

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख काफ्लेले फिदिम नगरपालिका क्षेत्रका विद्यालयहरूमा शैक्षिक गुणस्तर सुधारका लागि ठूला प्रयास भइरहेको बताए। उनले शिक्षकहरूको उपस्थितिलाई व्यवस्थित गर्न ई-हाजिरी प्रणाली लागू गरिएको उल्लेख गर्दै विद्यार्थीको शैक्षिक विकासमा सबैको सहकार्य आवश्यक भएको बताए।

 

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय