फिदिम, पाँचथर । पाँचथर सदरमुकाम फिदिममा सम्पन्न तीनदिने निःशुल्क आँखा शल्यक्रिया शिविरमा १ हजार ४ सय ९ जनाले आँखा जाँच गराएका छन्। उक्त शिविरमा १ सय २० जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको आयोजक हेल्प टुगेदर फाउन्डेशनका सचिव नवीन बुढाथोकीले जानकारी दिएका छन्।

Pasupati Ayurvedic
Nepalitheme

शिविर पुस २८ देखि ३० गतेसम्म जिल्ला अस्पताल पाँचथरमा सञ्चालन भएको थियो। शिविरमा ६ सय १० जनालाई निःशुल्क चस्मा वितरण गरिएको पनि बुढाथोकीले बताए।

शिविर झापास्थित मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको हो भने आर्थिक सहयोग फिदिम नगरपालिकाले गरेको थियो।

ऊनको स्वीटर टेजर

शिविरले आँखाको समस्याबाट पीडित स्थानीयवासीलाई ठूलो राहत मिलेको भन्दै आयोजकले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

 

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय