फिदिम, पाँचथर ।

Pasupati Ayurvedic
Nepalitheme

फिदिम नगरपालिका–१ को माथिल्लो गाउँका बासिन्दाले अब धाराबाट सफा र प्रशोधित पानी उपभोग गर्न पाउने भएका छन्। फिदिम खानेपानी उपभोक्ता समितिले निर्माण गरेको नयाँ पानी प्रशोधन प्लान्ट शनिबारदेखि सञ्चालनमा आएको छ।

प्राकृतिक प्रक्रियाको प्रयोगबाट न्यूनतम रसायनको उपयोग गर्दै पानी शुद्ध गर्ने यो प्लान्टले अब गाउँका धाराहरूमा स्वच्छ पानी प्रवाह गर्नेछ। समितिका अनुसार कपुरलगायतका साधारण प्राकृतिक उपायको प्रयोग गरिएको छ भने कुनै हानिकारक रसायन प्रयोग नगरिएको दाबी गरिएको छ।

ऊनको स्वीटर टेजर

यो परियोजना फिदिम खानेपानी उपभोक्ता समिति र खानेपानी डिभिजन कार्यालय, पाँचथरको सहकार्यमा सम्पन्न भएको हो। कूल ३३ लाख रुपैयाँ लागतमा निर्माण भएको प्लान्टमा समितिको १८ लाख ५० हजार र कार्यालयको १४ लाख ५० हजार रुपैयाँ लगानी गरिएको छ।

समितिका अध्यक्ष प्रकाश गुरुङले नवनिर्मित प्लान्टबाट वितरण गरिने पानीको गुणस्तर बजारमा पाइने बोतलको पानीजस्तै शुद्ध हुने बताए। “मुल ट्याङ्कीभन्दा माथिल्लो भागमा रहेको गाउँमा लामो समयदेखि सफा पानी पुर्‍याउन नसकेको समस्या समाधान भएको छ,” उनले भने।

असोजको दोस्रो सातामा परेको अबिरल वर्षाका कारण फिदिमको खानेपानी व्यवस्थामा ठूलो क्षति पुगेको थियो। मुख्य मुहान टाढा भएकाले पहिरोको जोखिम अझै कायम रहेको र समितिले १४ नयाँ पानी मुहान पहिचान गरिसकेको जनाएको छ। ती मुहानलाई व्यवस्थित गर्न राज्यको थप लगानी आवश्यक पर्ने अध्यक्ष गुरुङले औँल्याए।

शनिबार आयोजित कार्यक्रममा बीपी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष शिवराज नेम्बाङले प्रशोधन प्लान्टको उद्घाटन गरेका थिए। कार्यक्रममा स्थानीय बासिन्दाले लामो समयदेखिको खानेपानी समस्या समाधान भएको भन्दै खुशी व्यक्त गरे।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय