पाँचथर । पाँचथरमा अखिल नेपाल लेखक संघको तदर्थ समिति गठन गरेका छन् ।

Pasupati Ayurvedic
Nepalitheme

बुधबार बिहान आयोजित एक भेलाले मचिन्द्र लोवाको संयोजकत्वमा सात सदस्यीय तदर्थ समिति गठन गरेको हो। समितिका बारेमा जानकारी दिँदै संघका केन्द्रीय सदस्य सुनिल आङ्बोले जिल्ला अधिवेशनको तयारी स्वरूप तदर्थ समिति गठन गरिएको बताए।

लोवाका अनुसार संघको जिल्ला अधिवेशनका क्रममा स्मारिका पुस्तक प्रकाशन गर्ने योजना रहेको छ। “तत्कालीन रूपमा समिति गठन गरेर जिल्ला अधिवेशनलाई प्रभावकारी बनाउन काम थालिएको छ,” लोवाले भने।

ऊनको स्वीटर टेजर

समितिमा सह-संयोजकका रूपमा पूर्ण परिचित लिम्बू, सचिव नितिज आङ्बो, सदस्यहरू राजन खतिवडा, विक्रम केरुङ, रजनी हाङ्सरुम्बा र सन्दीप लावती रहेका छन्।

तदर्थ समिति गठनको प्रमुख अतिथि माओवादी केन्द्र पाँचथर जिल्ला संयोजक विशाल रसाइली थिए। कार्यक्रममा अखिल क्रान्तिकारीका प्रदेश अध्यक्ष चन्द्र माङ्मु, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य विजयबोध लाओती, लेखक आकाश बराल र अखिल नेपाल लेखक संघका केन्द्रीय सदस्य सुनिल आङ्बोको उपस्थिति थियो।

सचिव नितिज आङ्बोका अनुसार अखिल नेपाल लेखक संघ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सम्बद्ध लेखकहरूको भातृ संगठन हो। जिल्लामा १८ जना भन्दा बढी सदस्य सहभागी रहेको समिति आगामी अधिवेशनमार्फत अझ सुदृढ र प्रभावकारी बनाउने तयारीमा रहेको बताए।

 

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय