फालेलुङ, पाँचथर ।

Nepalitheme
Pasupati Ayurvedic

छोरा हीरोहीतोहाङ आङ्बोको दोस्रो जन्मोत्सवको अवसरमा फालेलुङ-७ का सात सामुदायिक विद्यालयलाई वैज्ञानिक महावीर पुनद्वारा लिखित पुस्तक वितरण गरिएको छ। पुस्तक वितरणको यो विशेष कार्य बुवा सुजन आङ्बोले पहल गरेका हुन्।

फालेलुङ ७ पापुन्देन घरभई हाल वैदेशिक रोजगारीका क्रममा जापानमा रहेका आङ्बोले छोराको दोस्रो जन्मोत्सवलाई विशेष बनाउन राष्ट्रिय आविष्कार केन्द्रको सहयोगका लागि पुनको पुस्तक १२ थान खरिद गरी विद्यालयहरूलाई उपहार स्वरूप प्रदान गरेका हुन्। उनका अनुसार पुस्तक वितरणले विद्यार्थीहरूको व्यवहारिक सीप, ज्ञान, प्रतिभा र सिर्जनशीलता विकासमा सहयोग पुग्ने छ।

ऊनको स्वीटर टेजर

गत वर्ष पनि छोराको पहिलो जन्मोत्सवको अवसरमा सुजन आङ्बोले पापुन्देन आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका थिए। यो वर्ष भने वडा कार्यालय, सिद्धदेवी मावि, पापुन्देन आवि, थोक्पन आवि, बिहिदिन आवि, पानीपरुवा प्रावि र सिङ्हकन्या प्राविमा विद्यार्थी र शिक्षकले उपयोग गर्न सक्ने गरी पुस्तक प्रदान गरिएको छ।

आङ्बो परिवारले विद्यार्थीहरूको शैक्षिक सफलताको कामना गर्दै पुस्तक वितरणको यो पहल गरेको छ। “विद्यार्थीको अन्तर्निहित प्रतिभा र सिर्जनशील क्षमताको विकासका लागि शिक्षामा लगानी गर्नुपर्छ,” हीरोहीतोहाङकी आमा कञ्चन चेम्जोङ आङ्बोले भनिन्।

पुस्तक वितरणका लागि सेवारो जमात समाजले सहजीकरण गरेको थियो। यसले वैज्ञानिक महावीर पुनको आविष्कार केन्द्रलाई समेत आर्थिक सहयोग पुग्ने गरी पुस्तक खरिद गरिएको सुजन आङ्बोले जानकारी दिए।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय