पाँचथर। अखिल अनेरास्ववियू (क्रान्तिकारी) पाँचथरले शुक्रबार नेपाल रेडक्रस सोसाइटी फिदिममा रक्तदान कार्यक्रम गरेका छन् ।
कार्यक्रममा पाँचथर जिल्लाका विभिन्न स्थानका ५ जनाभन्दा बढी रक्तदाताले रगत दिएका छन्। अनेरास्ववियू पाँचथरकी जिल्ला अध्यक्ष चित्रकला हाङ्सरुबाले जिल्लामा रगतको माग बढेको अवस्थामा रक्तदान कार्यक्रमको आयोजना गरिएको जानकारी दिइन्।

Pasupati Ayurvedic
Nepalitheme

जिल्ला अस्पताल पाँचथरमा एपेन्डिसाइटिस र प्रसूति सेवासम्बन्धी शल्यक्रिया हुने भएकाले तथा तेह्रथुम, ताप्लेजुङ र इलामका गर्भवती महिलाहरूलाई प्रसूति सेवा दिन आवश्यक रगतको मागलाई ध्यानमा राखेर यो कार्यक्रम गरिएको हो। यससम्बन्धी निर्णय चौथो जिल्ला बैठकबाट गरिएको आयोजकले जानकारी दिए ।

रक्तदान कार्यक्रममा एक नम्बर प्रदेश अध्यक्ष चन्द्र माङ्मु, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सुर्य बेघा, केन्द्रीय सदस्य योगेन्द्र बेघा, माओवादी केन्द्र जिल्ला समन्वय सदस्य बिजयबोध लाओती, वाईसीएल केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज अशोक राई, रिटर्निङ जिल्ला अध्यक्ष श्याम राई र पूर्व जिल्ला अध्यक्ष सन्दिप तुम्रोकलगायतको उपस्थिति रहेको जिल्ला उपाध्यक्ष मिङ्सो लोवाले जानकारी दिए।

ऊनको स्वीटर टेजर

अखिल क्रान्तिकारी (अनेरास्ववियू) नेकपा माओवादी केन्द्रको सहयोगी विद्यार्थी संगठन हो।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय