फिदिम ।  जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा दुई दलीय अधिनायकवाद लाद्ने षड्यन्त्र भइरहेको दाबी गरेका छन्। ‘जनतासँग जसपा’ अभियान अन्तर्गत पाँचथर आएका यादवले पत्रकारहरूसँग कुरा गर्दै काँग्रेस र एमालेले मिलेर बहुदलीय व्यवस्थाको अन्त्य गर्ने प्रयास गरिरहेको आरोप लगाए।

यादवले भने, “संविधान संशोधनको नाममा बहुदलीय व्यवस्थालाई खत्तम पार्ने षड्यन्त्र भइरहेको छ। यो संविधानको मर्म विपरीत हो।” उनले काँग्रेस र एमालेको सत्ता संघर्षले देशमा स्थिरता कायम हुन नसकेको र यसले साना दलहरूलाई ठूलो असर पारेको बताए। संविधानको मर्मविपरीत कुनै कदम चालिए आफ्नो दलले कडा आन्दोलन गर्ने चेतावनी दिए।

Nepalitheme
Pasupati Ayurvedic

पहिचानको मुद्दा र संविधान संशोधनको आवश्यकता

यादवले पहिचानको मुद्दालाई सम्बोधन गर्न संविधान संशोधनको आवश्यकता रहेको उल्लेख गरे। “पहिचानलाई प्राथमिकतामा राखेर संविधान संशोधन गर्नुपर्छ,” उनले जोड दिए। यादवले सहकारी ठगीजस्ता काण्डहरूमा भने स्पष्ट रूपमा नबोले पनि उनले निष्पक्ष छानबिन हुनुपर्ने माग राखे।

काँग्रेस–एमाले सरकारप्रति असन्तुष्टि

काँग्रेस र एमालेको सत्ता साझेदारीप्रति असन्तुष्टि व्यक्त गर्दै यादवले वर्तमान सरकार जनताको पक्षमा काम गर्न असफल भएको बताए। “यो सरकारले देशलाई निकास दिन सक्दैन,” उनले भने। यादवले काँग्रेस र एमालेलाई दलाल र बिचौलियाहरूको प्रभावमा देश चलाएको आरोप लगाए।

ऊनको स्वीटर टेजर

प्रदेश नामाकरण र विकास योजनामाथि आलोचना

यादवले प्रदेशहरूको नामाकरण अस्वाभाविक र अवैज्ञानिक रहेको तर्क गरे। उनले राजा महेन्द्रको आदर्शलाई नक्कल गरेर नदीहरूको नामबाट प्रदेशको नामाकरण गरिएको आरोप लगाए।

जसपाका सह-अध्यक्ष रकम चेम्जोङले पनि काँग्रेस र एमालेको गठबन्धनलाई ‘कुकर्म’ ढाकछोप गर्ने प्रयासको रूपमा आलोचना गरे। पाथिभरा क्षेत्रमा प्रस्तावित केवलकार निर्माणको विरोध गर्दै चेम्जोङले यसले स्थानीय जनभावनाविपरीत धार्मिक क्षेत्रलाई कुरुप बनाउने प्रयास भएको बताए। यदि केवलकार परियोजना अघि बढाइयो भने जसपाले कडा आन्दोलन गर्ने चेतावनी पनि दिए।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय