फालेलुङ, पाँचथर ।

Nepalitheme
Pasupati Ayurvedic

पाँचथरको फालेलुङ गाउँपालिकामा आयोजित राष्ट्रिय परिचयपत्र शिविरबाट १ हजार २ सय ४१ जनाले सेवा प्राप्त गरेका छन्।

भदौ २९ गतेदेखि असोज २ गतेसम्म सञ्चालन भएको यस शिविरले पालिकाका विभिन्न वडाका नागरिकलाई सेवा पुर्याएको छ।

ऊनको स्वीटर टेजर

शिविर सञ्चालनका लागि पालिकामा चार वटा स्थान (स्पोट) तयार गरिएका थियो। जसमा, बाँस्बोटेमा रहेको स्पोटले वडा नं. ६, ७ र ८ लाई समेटेर सेवा दिँदा ३ सय ६० जनाले सेवा लिएका छन्। यस्तै, वडा नं. ५ बाट वडा नं. ४ का माथिल्लो क्षेत्र खुर्बुक, चित्रे र तालखर्क समेटिएको थियो जहाँ २  सय ९९ जनाले सेवा प्राप्त गरेका छन्।

त्यसैगरी, पन्चमुखी स्पोटले वडा नं. १ र २ लाई समेट्दा ३ सय २५ जनाले सेवा लिएका छन् भने नाम्लुवा स्पोटबाट वडा नं. ३ र ४ का २ सय ५७ जनाले परिचयपत्र प्राप्त गरेका छन्। शिविरमा पहिलो प्राथमिकता वृद्ध, अपाङ्ग, असहाय र दृष्टिविहीनलाई दिइएको फालेलुङ गाउँपालिकाका प्रशासकीय प्रमुख डम्बरबहादुर आङ्देम्बेले जानकारी दिनुभयो।

फालेलुङ वडा नं. ५ का अध्यक्ष तथा गाउँपालिका प्रवक्ता भरत खपाङ्गी मगरका अनुसार, शिविरमा जिल्लाका प्रशासन कार्यालयबाट दुई जना नायब सुब्बा खटिएका थिए। बाँस्बोटे र प्राङ्बुङ स्पोटमा नायब सुब्बा विशाल सुन्दासले र पन्चमुखी तथा नाम्लुवा स्पोटमा नायब सुब्बा लक्ष्मी बाँस्कोटाले सेवा प्रदान गरेका थिए।

शिविरको आयोजना फालेलुङ गाउँपालिकाको समन्वयमा गरिएको हो। फालेलुङ उपाध्यक्ष महेन्द्र जबेगूले राष्ट्रिय परिचयपत्र लिनका लागि सदरमुकाम पुग्न कठिन हुने भएकाले शिविर आयोजना गरिएको जानकारी दिनुभयो। साथै, सरकारले वृद्धभत्ता लगायतका सेवाहरूका लागि अनिवार्य राष्ट्रिय परिचयपत्र आवश्यक पारेपछि यस शिविरले नागरिकहरूको ठूलो सहजता गरेको जबेगूले बताउनुभयो।

शिविरमा सेवा लिएका नागरिकहरूले घरदैलामा सेवा पाएर खुशी व्यक्त गर्दै सदरमुकाम जानु पर्ने झन्झट र खर्च जोगिएको बताए। जिल्ला प्रशासन कार्यालयले पाँचथरका सबै स्थानीय तहहरूमा राष्ट्रिय परिचयपत्र वितरण अभियान चलाइरहेको प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद कोइरालाले जानकारी दिनुभयो।

यसअघि याङ्वरक, कुम्मायक, फाल्गुनन्द, र तुम्बेवा गाउँपालिकामा पनि यस्ता शिविर सम्पन्न भएका छन्।

विवरण

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय