पाँचथर।

Nepalitheme
Pasupati Ayurvedic

पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नं. २ लालिखर्कस्थित मेची राजमार्गमा ताप्लेजुङबाट झापा तर्फ जाँदै गरेको ट्रक प्र १-०१-००१ ख ४३३४ नम्बरको र फिदिम तर्फ आउँदै गरेको मोटरसाइकल मे ८ प ७९०४ नम्बरको सनिवार दिउँसो १२ बजे एकापसमा ठोक्किँदा गम्भीर दुर्घटना भएको छ।

दुर्घटनामा मोटरसाइकल चालक भारतको बिहारस्थित जोगबनी घर भई हाल फिदिम नगरपालिका वडा नं. २ पल्लोटारमा बस्दै आएका ३० वर्षीय महोमद इर्साद हुसेन घाइते भएका छन्। उनलाई पाँचथर जिल्ला अस्पतालमा सामान्य उपचार पश्चात् थप उपचारको लागि झापातर्फ रिफर गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सुचना अधिकारीले जानकारी दिएका छन्।

ऊनको स्वीटर टेजर

ट्रक चालक, पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं. २ काबेली निवासी ३६ वर्षीय तिलक भण्डारीलाई जिल्ला प्रहरी कार्यालय पाँचथरले नियन्त्रणमा लिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिइएको छ।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय