फिदिम, पाँचथर – किरात राई विद्यार्थी संघ पाँचथरले आफ्नो २६ औं स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम तथा भर्खरै सम्पन्न एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने राई विद्यार्थीहरूलाई सम्मान गरेको छ।

Nepalitheme
Pasupati Ayurvedic

सोमबार जिल्लाको सदरमुकाम फिदिमस्थित सगुन होटलको हलमा आयोजित उक्त कार्यक्रममा, उत्कृष्ट अंक ल्याउने १४ जना विद्यार्थीहरूलाई सम्मानित गरिएको थियो। यसवर्ष सम्मानित विद्यार्थीहरूको संख्या गतवर्षभन्दा वृद्धि भएको संघका सह-सचिव मिना राईले बताए।

कार्यक्रमका प्रमुख अतिथि, किरात राई विद्यार्थी संघ केन्द्रिय कार्यसमितिको शैक्षिक विभाग प्रमुख बसन्त राईले विद्यार्थीहरूलाई देशको अब्बल नेतृत्वको रूपमा चित्रण गर्दै, शैक्षिक स्तर सुधार्न, भाषा, संस्कृति, र पहिचानको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले भने, “विद्यार्थीहरू देशको भविष्य हुन्। उनीहरूलाई सक्षम र जिम्मेवार नेतृत्वको रूपमा तयार पार्न हामी सबैले ध्यान दिनुपर्छ। शैक्षिक उपलब्धिहरू मात्रै पर्याप्त हुँदैन, आफ्नो भाषा, संस्कृति, र पहिचानको संरक्षणमा पनि विद्यार्थीहरूको सक्रिय भूमिका रहनुपर्छ। सामाजिक र राजनीतिक जागरण फैलाउन, र सामुदायिक विद्यार्थीहरूलाई एकीकृत गर्न विद्यार्थीहरू महत्त्वपूर्ण माध्यम हुन्।”

ऊनको स्वीटर टेजर

कार्यक्रममा विषिष्ट अतिथि किरात राई यायोक्खा जिल्ला अध्यक्ष गणेश साम्पाङ, विशिष्ट अतिथि यायोक्खा पूर्व केन्द्रिय सदस्य सन्जय राई, किरावी पूर्व केन्द्रिय सदस्य तथा जिल्ला सल्लाहकार सगुन सुसारा, फालेलुङ -६ का वडा अध्यक्ष अमरविर राई, अतिथि यायोक्खा पूर्व जिल्ला सचीव महेन्द्र राई, धनकुटाका यायोक्खा सचिव विश्व राई, तथा किरात राई पत्रकार संघ पाँचथर अध्यक्ष सुबास राईको उपस्थिति रहेको थियो। कार्यक्रममा सम्पूर्ण अतिथिहरूले शुभकामना मन्तव्य राखेका थिए।

उक्त कार्यक्रमको अध्यक्षता संघका उपाध्यक्ष विपराज राईले गर्नुभएको थियो, जसले अध्यक्ष विशाल सिवाहाङ राईको अनुपस्थितिमा कार्यबाहक अध्यक्षको भूमिका निर्वाह गर्नुभएको हो। अध्यक्ष विशाल राई स्वास्थ्य समस्याका कारण काठमाडौंमा उपचाररत हुनुहुन्छ। कार्यक्रमको स्वागत मन्तव्य संघकी सदस्य नबिना थुलुङले राख्नुभएको थियो भने, कार्यक्रमको संचालन सह-सचिव मिना राईले गर्नुभएको थियो।

कार्यक्रमको बीचमा साकेला नाच र गायन प्रस्तुत गरिएको थियो, जसले कार्यक्रममा सांस्कृतिक विविधता र मौलिकता थपेको थियो।

तस्विरहरु—-

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय