तेह्रथुम (आठराई)। जिल्लाको आठराई गाउँपालिका–७ थोक्लुङमा नवजात शिशुको शव भेटिएको छ।

Nepalitheme
Pasupati Ayurvedic

थोक्लुङस्थित भालुखोप टोलको एक सेफ्टी ट्याङ्कीमा नवजात शिशुको शव फेला परेको प्रहरीले जनाएको छ। त्यहाँस्थित नगेन्द्र श्रेष्ठको घरपछाडिको ट्वाइलेटको सेफ्टी ट्याङ्कीमा नवजात शिशुको शव भेटिएको हो।

नवजात शिशुको शव कसको हो र कसले किन फाल्यो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका सूचना अधिकारी, प्रहरी निरिक्षक प्रमोद खड्काले जानकारी दिए।

ऊनको स्वीटर टेजर

शिशुको शव जिल्ला अस्पताल तेह्रथुम लाने कार्य भइरहेको सूचना अधिकारी खड्काले बताए।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय