Nepalitheme
Pasupati Ayurvedic

 

फाल्गुनन्द, पाँचथर ।
नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान मार्फत फाल्गुनन्द गाउँपालिकाका सातै वडाका ३ सय १५ जनालाई कानुनी सचेतना सम्बन्धी तालिम दिएका छन् ।

ऊनको स्वीटर टेजर

प्रतिष्ठान पाँचथर शाखाको आयोजना तथा पालिकाको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो । न्यायिक समितिको बारेमा जानकारी गराउँदै सबैलाई न्यायको पहुँच वृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको संस्थाका अध्यक्ष शंखध्वज नेम्वाङले जानकारी दिए।

न्यायिक कार्य सम्पादन, क्षेत्रधिकार,विवाह सम्बन्धी व्यवस्था, लैङ्गिक तथा घरेलु हिंसा,साइबर क्राइम र दुष्कृती लगायतका विषयमा मानव अधिकार मञ्च नेपाल इलामका तालिम सहजकर्ता याम माबुहाङ लिम्बुले सहजीकरण गरेको संस्थाका सचिव इन्द्रकुमार नेम्वाङले बताए ।

मेलमिलाप सम्बन्धी न्यायिक प्रक्रिया निवेदन,उजुरी,प्रतिवाद, प्रतिउत्तर, म्याद,तारिख, मेलमिलापकर्ता छनौट, केन्द्रको भूमिका, कर्तव्य, दायित्व लगायत विषयमा पालिकाका न्यायिक समितिका उजुरी प्रशासक थमराज न्यौपानेले प्रशिक्षण दिंदै हालसम्मको न्यायिक समितिको प्रतिवेदन र कार्यसम्पादन बारे जानकारी गराए ।

जेष्ठ नागरिक, किशोर,किशोरी, मेलमिलापकर्ता,जनप्रतिनिधि राजनीतिक दलका प्रतिनिधि, संघसंस्था र लक्षित वर्ग साथै अगुवाहरुलाई प्रशिक्षण गराइएको कार्यक्रममा सातै वडाका ७० प्रतिशत भन्दा बढी महिलाको उपस्थिति थियो । असार ४ गतेदेखि संचालन गरिएको तालिम १० गते समापन गरिएको हो । पालिकाका न्यायिक समितिका संयोजक ठाकुर सिंह नेम्बाङको प्रमुख आतिथ्यतामा समापन गरिएको संस्थाका अध्यक्ष नेम्वाङले जानकारी दिए ।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय