पाँचथर। नेपाल प्रेस युनियन पाँचथरले ३३ औं स्थापना दिवशको अवशरमा जिल्ला शाखाले दुई पत्रकारलाई पुरस्कृत गरेको छ।

Nepalitheme
Pasupati Ayurvedic

नेपाल प्रेस युनियनले बार्षिक रुपमा प्रदान गर्दै आएको देउमान केरुङ स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार जंग तामाङ र लोकमान बाँस्कोटा स्मृति पत्रकारिता पुरस्कारबाट संचारकर्मी सर्मिला मुखिया पुरस्कृत भएका हुन्। दुबै पुरस्कारको राशी दश–दश हजार रुपैंयाँ रहेको छ।

उनीहरुलाई एक समारोहकाबीच कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस पाँचथरका सभापति रुपनारायण जबेगु र अन्य अतिथिहरुले सम्मान–पत्र र नगद सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए। पुरस्कृत तामाङ शिलापत्र अनलाइनमा कार्यरत छन् भने मुखिया फिदिमस्थित सुम्हात्लुङ एफ.एम.मा आबद्ध छिन्। सो अवशरमा नेपाल प्रेस युनियन पाँचथरले जिल्लाका सञ्चारकर्मीलाई सञ्चार सामग्री समेत वितरण गरेको छ।

ऊनको स्वीटर टेजर

कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस पाँचथरका सभापति जबेगु सँगै पूर्व सभापति नरेन्द्र कुमार केरुङ, फिदिम नगरपालिकाका मेयर मित्र प्रसाद काफ्ले, फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बिर्जहाङ आङदेम्बे, हिलिहाङ गाउँपालिकाका अध्यक्ष समर बहादुर अधिकारी, प्रेस युनियन पाँचथरका पूर्व अध्यक्ष लक्ष्मी गौतम, वर्तमान केन्द्रीय सदस्य भिम बाँस्कोटा लगायतको सहभागिता रहेको थियो।

कार्यक्रम नेपाल प्रेस युनियन पाँचथरका अध्यक्ष खबिन लुईंटेलको अध्यक्षतामा सम्पन्न भएको सचिव दिपक बोहोराले जानकारी दिए।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय