पाँचथर । फिदिम नगरपालिकाले फिदिम बजार क्षेत्रका विभिन्न महत्वपूर्ण सार्वजनिक स्थानमा फ्रि वाइफाइ सेवा दिने भएको छ ।

Pasupati Ayurvedic
Nepalitheme

शुक्रबार एक कार्यक्रमबीच नगरका प्रमुख मित्रप्रसाद काफ्लेले, बि.पि पार्क, गढी सुम्हात्लुङ मन्दिर, जिल्ला अस्पताल भित्रको पार्क, गणतन्त्रचौक,फिदिम माविको खेलमैदान, लोकतन्त्रचौक, आहारगैरी र शिवालय निःशुल्क वाइफाइ सेवा सुरु गरेका छन् । फिदिम नगरपालिकाले यस क्षेत्रलाई ‘फ्रि वाइफाइ जोन’ भनेको छ ।

शुक्रबार बि.पि पार्क परिसरबाट फ्रि वाइफाइ सेवा सुरू गरिएको हो। नगरप्रमुख काफ्लेले नगरको अन्य क्षेत्रमा पनि फ्रि वाइफाइ सेवा विस्तार गरिने जानकारी दिँदै भने, ‘सदरमुकाम फिदिम बजार क्षेत्रमा पर्यटक तथा स्थानीयवासीलाई सूचना प्रविधिमा पहुँच बढाउन यस्तो सेवा दिन थालेका हौं।’ उनले भने, ‘नगरको समृद्धिका लागि सूचना, प्रविधि, शिक्षा, स्वास्थ्य, सरसफाइ, खानेपानी तथा नगरलाई ‘ग्रीन, क्लिन, कलरफूल, फिदिम सिटी’ बनाउने उद्देश्यले काम गरिसकेका छौं।’

ऊनको स्वीटर टेजर

Advertisement

फ्रि वाइफाइ कार्यक्रम अन्तर्गत पहिलो चरणमा नगरको, बि.पि पार्क, गडि मन्दिर, जिल्ला अस्पताल भित्रको पार्क, गणतन्त्र चौक,फिदिम मा.बिको खेलमैदान, लोकतन्त्र चौक, आहारगैरी र शिवालय क्षेत्रमा फ्रि वाइफाइ जडान गरिएकाे छ ।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय