खानेपानी सिचाइ सूचना

ताप्लेजुङ । ताप्लेजुङको सिदिङवा गाउँपालिका–६ मा खोलाले बगाउँदा एक महिलाको ज्यान गएको छ। स्थानीय फावा खोलाले बगाउँदा सोही स्थानकी ५१ वर्षीया विष्णु माया लिङ्देनको मृत्यु भएको हो।

Nepalitheme

प्रहरी निरीक्षक तथा सूचना अधिकारी बिवेक बस्नेतका अनुसार लिङ्देनलाई बिहीबार दिउँसो खोलाले तर्ने क्रममा बगाएको थियो। उनलाई खोलाले करिब १५० मिटर तलसम्म बगाएको र घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ।

घटनापछि सिदिङवा–६ का वडा अध्यक्ष रत्नबहादुर लिङ्देनले प्रहरीलाई खबर गरेका थिए। खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय तेल्लोकबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

ऊनको स्वीटर टेजर

phidim 3

प्रतिक्रिया

Phidim 3

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय