
किरण लिम्बू,संखुवासभा ।
संखुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकी स्थित मिल्के जनउत्थान मञ्चको आयोजनामा पालिका वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता संचालन हुने भएको छ ।
विगतका वर्षजस्तै यस पटक पनि मिल्के जनउत्थान मञ्चको आयोजनामा चैनपुर नगरपालिका -१ नुन्ढाकी तातोपानी खेलमैदानमा पालिका वडा स्तरीय पुरुष फुटबल प्रतियोगिताको हुने भएको हो । आगामी चैत ३० गतेबाट प्रतियोगिता शुरु भई २०८२ वैशाख १ गते समापन हुने आयोजक मिल्के जनउत्थान मञ्चले जानकारी दिए । पालिका वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता हुने भएकाले जिल्लाभित्र र बाहिरका दुई दर्जन हाराहारी टिमले सहभागीता जनाउने बताए ।

उक्त फुटबल प्रतियोगितामा प्रथम पुरस्कार रू बीस हजार ट्रफि, मेडल र प्रमाण पत्र रहेको छ भने द्वितीय पुरस्कार रू दश हजार ट्रफी, मेडल र प्रमाण पत्र रहेको छ भने उत्कृष्ट खेलाडीलाई प्रोत्साहन स्वरूप उचित पुरस्कारको व्यवस्था गरिएको छ ।