सिदिङवा, ताप्लेजुङ।
सिदिङवा गाउँपालिकाले शनिबार तेक्वान्दो खेलाडीहरूको बेल्ट ग्रेडिङ कार्यक्रम सम्पन्न गरेको छ। ग्रेडिङमा सहभागी २६ खेलाडीले विभिन्न श्रेणीका बेल्ट प्राप्त गरेका छन्।
तेक्वान्दो कलर बेल्ट खेलाडीहरूको ग्रेडिङ वृद्धि भएपछि उनीहरूलाई बेल्ट तथा प्रमाणपत्र वितरण गरिएको हो। नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष प्रविन कुमार कार्की तथा कोशी प्रदेश संयोजक राजेन्द्र धिमालले ग्रेडिङ प्राप्त खेलाडीहरूलाई ब्लु र रेड बेल्ट प्रदान गरेका थिए।

यसैगरी, आईटीएफ ताप्लेजुङका उपाध्यक्ष गौरीमान लिम्बूले सम्पूर्ण खेलाडीलाई शुभकामना व्यक्त गर्दै प्रमाणपत्र प्रदान गरेका थिए।
कार्यक्रममा ६ जना खेलाडीले रेड बेल्टका लागि ग्रेडिङ दिएका थिए भने २ जनाले हाफ ब्ल्याक बेल्टका लागि ग्रेडिङ दिए। त्यस्तै, ११ जना खेलाडीले ग्रिन बेल्ट र ७ जना खेलाडीले हाफ ब्लु बेल्टका लागि ग्रेडिङ दिएका थिए।
ग्रेडिङ कार्यक्रममा खेलाडी, प्रशिक्षक तथा स्थानीय तेक्वान्दो संघका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।