पाँचथर ।

Nepalitheme

पाँचथरको कुम्मायक गाउँपालिकामा आगुऔषध नियन्त्रण सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आर्थिक सहयोग तथा पयोवरण संरक्षण तथा सामुदायिक विकास केन्द्र पाँचथरको आयोजनामा विद्यालयमा सचेतना कार्यक्रम सम्पन्न भएको हो ।

कुम्मायकको यासोक क्याम्पस सहित पाँच माध्यमिक विद्यालयमा लागुऔषध दुव्र्याषण सम्बन्धिको सचेतना कार्यक्रम आयोजना गरिएको थियो । विद्यालयका विद्यार्थीहरुलाई आगुऔषध दुव्र्यासनले समुदायक र परिवारमा पार्ने असर, न्युनिकरणमा गर्नुपर्ने पहलको विषयमा विद्यार्थीहरुलाई जानकारी गराइएको थियो । कानुनले निषेध गरेको गाँजा, अफिम, कोकिन लगायतको प्रयोग गर्नाले शारीरिक र मानसिक रुपमा असर गर्ने भएकाले यसको सेवन गर्न नहुने बताइएको थियो ।

ऊनको स्वीटर टेजर

गाउँपालिका केन्द्रको पृथ्वी मावि यासोकमा संचालन गरिएको सचेतना कार्यक्रमका प्रमुख अथिति समेत रहेका पालिका प्रवक्ता तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष देबेन्द्र कुमार लावतीले मानिसमा लत बस्ने दुव्र्यसनी निम्त्याउने खालको बस्तु वा पर्दाथबाट टाढै रहनुपर्ने बताउनुभयो । सचेतना कार्यक्रमको सहजीकरण मधुराज केरुङ, केल्भिना चेम्जोङ र चन्द्र माङमुले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय