पाँचथर।

Nepalitheme

नेकपा एमाले कुम्मायक गाउँपालिका कमिटीको आयोजनामा कुम्मायक–१ स्थीत गाउँपालिकाको सभाहलमा वडास्तरीय जराकेन्द्रित कार्यक्रम सम्पन्न भएको छ ।

एमालेको नीति, सिदान्त र योजनालाई तल्लो तहसम्म प्रशिक्षण गराउने उदेश्यले जराकेन्द्रित अभियान संचालन गरिएको हो । कार्यक्रमका प्रमुख अथिति प्रमुख अथिति नेकपा एमालेका पुर्वमन्त्री तथा “ख” क्षेत्रका इन्चार्ज श्री प्रसाद जबेगुले एमालेको नीति र सिद्धान्तको विषयमा सहभागीहरुलाई जानकारी गराउँनु भएको थियो । उहाँले एमालेले जनतामाझ लोकप्रिय काम गरेको भन्दै यो विषयलाई जनतासमक्ष प्रचारप्रसार गर्न पाटी र जनबर्गीय संगठनका पदाधिकारीहरुलाई निर्देशन दिनुभयो । सोही कार्यक्रमकको  विशिष्ट अथिति नेकपा एमाले केन्द्रिय सदस्य, तथा “क” क्षेत्र इन्चार्ज आशारत्न जबेगु, जिल्ला अध्यक्ष विष्नु प्रसाद सापकोटा र उपाध्यक्ष बीर बहादुर कुरुम्वाङ लगायतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा कुम्मायकको–५ वटै वडाका वडा कमिटी, जनवर्गीय संगठनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पालिका कमिटी अध्यक्ष मेघराज निरौलाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

ऊनको स्वीटर टेजर

विगतमा एमालेले दुई महिने मिसन ग्रासरुट अभियान चलाएको थियो । सम्पूर्ण पार्टी पंक्ति परिचालन गरी २०८० वैशाखसम्म सञ्चालित तीन महिने मिसन ग्रासरुट अभियानबाट एमालेले पार्टीको कमजोरी पहिचान गरेको थियो । उक्त मिसन ग्रासरुट अभियानको समीक्षाका आधारमा एक वर्षे सुदृढीकरण कार्यक्रम सञ्चालन गरेको थियो । २०८० सालभर सञ्चालित एक वर्षे अभियान अन्तर्गत एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रीय संकल्प अभियान चलायो । यही अवधिमा प्रदेश, जिल्ला र जनसंगठनहरूको अधिवेशन गरी नेतृत्व परिवर्तन गरेको थियो ।
अहिले वडाकेन्द्रित अभियान सञ्चालन गरिरहेको छ । यो अभियान आगामी १५ वैशाखसम्म सकिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय