पाँचथर। पत्रकार युद्ध बहादुर बोहोरा ‘नयाँ बुलन्द अनलाइन पत्रकारिता पुरस्कार–२०८२’ बाट सम्मानित भएका छन्।

Nepalitheme

इलामबाट सञ्चालित अनलाइन सञ्चारमाध्यम नयाँ बुलन्द डटकमको नवौं वार्षिकोत्सवको अवसरमा बोहोरालाई नगद रु १०,००० राशिसहित सम्मान गरिएको हो। प्रत्येक वर्ष वार्षिकोत्सवको अवसरमा प्रदान गरिने यो पुरस्कार यस वर्ष पत्रकार बोहोराले प्राप्त गरेका हुन्।

इलामको फाकफोकथुम गाउँपालिकास्थित सेवा केन्द्र आमचोकमा आयोजित समारोहमा उनलाई सम्मान गरिएको थियो। सो अवसरमा नयाँ बुलन्द डटकमका सम्पादक तथा सञ्चालक राम योङहाङले पुरस्कार प्रदान गरेका थिए।

ऊनको स्वीटर टेजर

पाँचथरको फाल्गुनन्द गाउँपालिका र इलामको फाकफोकथुम गाउँपालिकाको सीमावर्ती बजार घुर्विसे पञ्चमीलाई कार्यक्षेत्र बनाई पत्रकारितामा सक्रिय बोहोरा हाल पूर्वाञ्चल दैनिक, शिलापत्र अनलाइन र नयाँ बुलन्द डटकम मा आबद्ध छन्। साथै, उनी प्रेस सेन्टर नेपाल, पाँचथरका अध्यक्षसमेत हुन्।

बोहोरा हाल नयाँ बुलन्द डटकममा सह–सम्पादकका रूपमा पनि कार्यरत छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय