
पाँचथर।
पाँचथरको पृथ्वी मावि यासोकका उपाधि विजेता विद्यार्थीहरुलाई विद्यालयले पुरस्कृत गरेको छ । विद्यालयले आयोजित एक कार्यक्रमका बीच विद्यालयका ४६ जना छात्र र छात्रा विद्यार्थी पुरस्कृत गरेको हो । गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको बिजेता बनेको पृथ्वी मावि यासोक बनेको थियो । प्रतियोगिताको १३ विद्यामा १७ स्वर्ण पदक हात पार्दै उपाधि विजेता बनेको विद्यालयका छात्र र छात्राहरुलाई नगद सहित पुरस्कृत गरिएको विद्यालयका प्रधानाध्यापक ऋषिराम गजुरेलले जानकारी दिनुभयो ।
प्रतियोगिताको व्यक्तिगत खेलतर्फ नगद ५ सय र समुहगत तर्फ नगद २ हजार गरी १४ हजार रुपैयाँबाट विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा वडाअध्यक्ष देबेन्द्रकुमार लावतीले पुरस्कृत गर्नुभयो । नगद पुरस्कार वितरण गर्दै अध्यक्ष लाओतीले खेलकुदको क्षेत्रबाट विद्यालयको शिर उच्च बनाउँन सफलता मिलेको बताउँदै खेलकुद क्षेत्रको विकासका लागि विद्यार्थीहरुलाई निरन्तर प्रोत्साहन गर्ने बताउनुभयो ।
प्रतियोगिता गत पुष १८ र १९ गते पृथ्वी माविको खेलमैदानमा भएको थियो । गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १७ स्वर्ण पदक पाउँदै पृथ्वी मावि यासोक प्रथम भएको थियो ।