फिदिम।

Nepalitheme

आगामी फागुन २४ गतेदेखि चैत २ गतेसम्म हुने पाँचथर गोल्डकपको ५औं संस्करणका लागि तयार पारिएको एन्थम गीत सार्वजनिक गरिएको छ।

फिदिम नगरपालिकाको कार्यालय हलमा मंगलबार आयोजित कार्यक्रममा गोल्डकपको एन्थम सार्वजनिक गरिएको हो। यस गीतमा पदम राई, विकास लिम्बू, डीपी खनाल, डेबिट संखर, दिप्शन आङ्बो, सुर्य आङ्देम्बे, अशोक मुकारुङ, मदन सेन्चुरी, सगुन लावती, मुना ठटाल, अमृता लिम्बू, र सम्झना योङ्हाङको स्वर रहेको छ। गीतको शब्द डीपी खनालले लेखेका हुन् भने संगीत देबेस राईले भरेका छन्।

पाँचथर गोल्डकप फुटबल प्रतियोगितामा ८ टिम सहभागी हुनेछन्, जसमा आमन्त्रित ७ टिमसहित आयोजक क्लब रहनेछ। प्रतियोगितामा ए डिभिजनका ४ टिम तथा छिमेकी राष्ट्र भारतको १ टिम सहभागी हुने पाँचथर क्लबका सचिव प्रदीप भण्डारीले जानकारी दिनुभयो।

प्रतियोगितामा सहभागी हुने टिमहरूमा मछिन्द्र फुटबल क्लब (काठमाडौं), चर्च ब्वाइज फुटबल क्लब (काठमाडौं), हिमालयन शेर्पा क्लब (काठमाडौं), नेपाल पुलिस क्लब (काठमाडौं), नमोबुद्ध युवा क्लब (सप्तरी), पथरी–११ फुटबल क्लब (मोरङ), भारतको हिल्स फुटबल एकेडेमी (दार्जिलिङ) र आयोजक पाँचथर क्लब रहेका छन्।

आयोजकका अनुसार पाँचथर गोल्डकप हालसम्मकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता हुने छ। विजेता टिमले नगद ११ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउनेछ।

एन्थम गीत

सहभागी टिम

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय