फिदिम।

Nepalitheme

नेपाल शिक्षक महासंघद्वारा घोषित आन्दोलन कार्यक्रम अन्तर्गत आज फिदिम नगरपालिकामा धर्ना बस्दै नगर प्रमुख मित्र प्रसाद काफ्लेलाई ध्यानाकर्षण पत्र बुझाइएको छ। नेपाल शिक्षक महासंघका सम्बद्ध तथा आवद्ध घटक संस्थाका प्रतिनिधिहरूले नगर प्रमुख काफ्लेलाई सो पत्र बुझाएका हुन्।

नेपाल सरकारले शिक्षक महासंघ, राहत शिक्षक, बाल विकास शिक्षक तथा विद्यालय कर्मचारीका संस्थाहरूसँग गत वर्ष असोजमा गरेको २२ बुँदे सहमति उल्ट्याउँदै नयाँ शिक्षा ऐन ल्याउन लागेको र अध्यादेश जारी गरेकोप्रति असन्तुष्टि जनाउँदै महासंघ आन्दोलनमा उत्रिएको हो।

ऊनको स्वीटर टेजर

नेपाल शिक्षक महासंघ फिदिम नगर समितिको अगुवाइमा सम्पन्न धर्ना कार्यक्रममा महासंघ फिदिम नगर समितिका अध्यक्ष हरिकृष्ण मिश्रले नगर प्रमुख मित्र प्रसाद काफ्लेलाई ध्यानाकर्षण पत्र बुझाउनु भएको जानकारी एकीकृत अखिल नेपाल शिक्षक संगठन फिदिम नगर समितिका अध्यक्ष राम प्रसाद बाँस्कोटाले दिएका छन्।

शिक्षक महासंघले राखेका प्रमुख मागहरूमा अस्थायी शिक्षकलाई प्रक्रिया पूरा गरी स्थायी गरिनु पर्ने, पुरानो शिक्षा ऐनअनुसार नियुक्त शिक्षकहरूलाई पूर्ण रूपमा पेन्सन दिनु पर्ने, विद्यालयका कर्मचारी तथा बाल विकास शिक्षकहरूलाई दरबन्दी कायम गरी स्थायी प्रक्रियामा लैजाने, शिक्षकहरूलाई सरह सेवा सुविधा दिनु पर्ने, शिक्षक बढुवा हरेक १० वर्षमा हुनुपर्ने, ग्रेड समान तहका निजामती कर्मचारी सरह मिलान गरिनु पर्ने, द्वन्द्वपीडित शिक्षकहरूको टुटेको सेवा अवधि गणना गरिनु पर्ने, विद्यालयमा छुट्टै प्रधानाध्यापक पदको व्यवस्था गर्नुपर्ने, शिक्षक काउन्सिलको व्यवस्था गर्नु पर्ने लगायत रहेका छन्।

त्यस्तै, शिक्षकलाई विभागीय कारवाही गर्दा जिल्ला, प्रदेश र संघका कार्यालयमा विभाजन गरी गरिनुपर्ने, शिक्षक सरुवा निर्देशिका खारेज गरिनुपर्ने, शिक्षकको कार्य सम्पादन मूल्याङ्कनको अधिकार जिल्ला तथा प्रदेश स्तरका शिक्षा कार्यालयलाई दिनुपर्ने, पेशा प्रवेशको उमेर ४० वर्ष कायम गरिनुपर्ने, शिक्षकको मर्यादाक्रम निश्चित गरिनुपर्ने, शिक्षक दरबन्दी व्यवस्थित रूपमा मिलान गर्नुपर्ने, शिक्षकहरूको ट्रेड युनियन अधिकार सुनिश्चित गरिनुपर्ने, शैक्षिक प्रशासनमा शिक्षकहरूको सहभागिता गरिनुपर्ने तथा हिउँदे संसद अधिवेशनबाट शिक्षा ऐन जारी गर्नुपर्ने माग महासंघले अघि सारेको छ।

धर्ना कार्यक्रममा नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष विरेन्द्र खड्का, एकीकृत अखिल नेपाल शिक्षक संगठनका कोशी प्रदेश कमिटी सदस्य ग्यनाथ बाँस्कोटा, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष होम प्रसाद खनाल, एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष छवि न्यौपाने, सचिव छवि तिमल्सेना, पेन्सन वञ्चित शिक्षक समूह फिदिम नगर समितिका अध्यक्ष सुर्य ज्योती नेम्बाङ, नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला उपाध्यक्ष जीवन न्यौपाने, बाल विकास नगर समितिका अध्यक्ष तारा भण्डारी, विद्यालय कर्मचारी नगर अध्यक्ष भवानी मेयाङ्वा लगायत सयभन्दा बढी शिक्षक कर्मचारीहरूको उपस्थिति रहेको थियो।

यसैगरी पाँचथरका सम्पूर्ण पालिकाहरुमा नेपाल शिक्षक महासंघ पालिका समितिको अगुवाइमा ध्यानाकर्षण पत्र बुझाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय