किरण लिम्बू, संखुवासभा ।

संखुवासभाको सभापोखरी गाउँपालिका–६, नयाँबस्तीका आगलागी पीडितलाई नेकपा (एमाले)ले पहिलो चरणमा १२ लाख १८ हजार पाँच सय रुपैयाँ राहत वितरण गरेको छ।

Nepalitheme

एमाले सभापोखरी गाउँ कमिटीका उपाध्यक्ष तिलक लिम्बूको संयोजकत्वमा संकलित रकम फागुन ३ गते घटनास्थलमै पीडितलाई हस्तान्तरण गरिएको हो। माघ २ गते बारबिसे बजारमा लागेको आगलागीबाट पाँच घर पूर्ण रूपमा नष्ट भएका थिए। पीडित पाँच परिवारसहित घरमा डेरा गरी बस्ने चार व्यक्ति तथा परिवारलाई राहत प्रदान गरिएको एमाले नेताहरूले जनाएका छन्।

सभापोखरी–६ नयाँबस्तीका पाँचजना घरधनीलाई प्रतिपरिवार दुई लाख १७ हजार सात सय रुपैयाँका दरले राहत वितरण गरिएको छ। राहत पाउनेमा लाल सिं लिम्बू, रामबहादुर राई, अमृता राई, निर्मला (कालाखेती) तामाङ र उनका छोरा सुसिल तामाङ रहेका छन्।

डेरामा बस्ने परिवारलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिएको छ। राहत पाउनेमा सभापोखरी–६ की गीता लिम्बू, पाँचखपन–१ की उर्मिला लिम्बू, पाँचखपन–१ की अनुष्का लिम्बू र सभापोखरी–४ की कुमारी लिम्बू रहेका छन्।

घर भाडामा बस्ने एकल व्यक्तिलाई जनही १५ हजार रुपैयाँका दरले राहत प्रदान गरिएको छ। राहत प्राप्त गर्नेहरूमा सभापोखरी–२ का मेडिकल व्यवसायी दिनेश भट्टाराई र सभापोखरी–५ की विद्यार्थी रिमिक्सा लिम्बू रहेका छन्।

एमाले सभापोखरी गाउँ कमिटीबाट सात लाख ३९ हजार ८८१ रुपैयाँ संकलन गरिएको छ। राष्ट्रिय युवा संघ नेपाल, जिल्ला कमिटी संखुवासभाबाट दुई लाख ५३ हजार ४४८ रुपैयाँ, अखिल नेपाल महिला संघ सभापोखरीबाट छ हजार ७५० रुपैयाँ, पार्टी जिल्ला कमिटीबाट २० हजार ६०० रुपैयाँ, महिला विकास समूह सभापोखरी–६ नयाँबस्तीबाट पाँच हजार रुपैयाँ, अखिल नेपाल महिला संघ पाँचखपन नगरपालिकाबाट २४ हजार रुपैयाँ, भोटीखोला सामुदायिक वनबाट १० हजार रुपैयाँ, नयाँबस्ती टोल विकास संस्थाबाट ५४ हजार ८८५ रुपैयाँ संकलन गरिएको छ।

डके बुद्धटोल सभापोखरी–१ धुपूबाट नौ हजार ३७० रुपैयाँ, अनेम संघ खाँदबारीबाट १४ हजार ५५ रुपैयाँ, अनेम संघ धर्मदेवीबाट १६ हजार ४० रुपैयाँ, अनेम संघ चैनपुरबाट ३१ हजार २४० रुपैयाँ, डाँडागाउँ टोल विकास समिति सभापोखरी–१ बाट नौ हजार २१५ रुपैयाँ प्राप्त भएको छ।

यसैगरी, महेन्द्र माध्यमिक विद्यालय खाँदबारी–३ मानेभञ्ज्याङबाट १० हजार रुपैयाँ, डम्बर बहादुर तामाङ सभापोखरी–६ बाट तीन हजार रुपैयाँ, हिमालय पब्लिक क्याम्पस तथा अरुण भ्याली पब्लिक स्कूलका तर्फबाट केशब भट्टाराईले पाँच हजार रुपैयाँ, कुमार खालिङ राई सभापोखरी–४ बाट तीन हजार रुपैयाँ र ईश्वर पुलामी मगर सभापोखरी–१ बाट चार हजार रुपैयाँ राहत संकलन भएको एमाले सभापोखरी गाउँ कमिटी अध्यक्ष सुमन श्रेष्ठले जानकारी गराए।

यसअघि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा संखुवासभा र सभापोखरी गाउँपालिका कार्यालयले पनि आगलागी पीडितलाई राहत उपलब्ध गराएको थियो। सभापोखरी गाउँपालिकाले घर पुनर्निर्माण सुरु गरेपछि पीडित घरधनीलाई प्रतीपरिवार एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको वडा अध्यक्ष दिल बहादुर तामाङले जानकारी दिए।

आगलागीबाट पूर्ण रूपमा क्षति पुगेका पाँच घरमध्ये एक घरको पुनर्निर्माण कार्य सुरु भइसकेको छ। स्थानीय लाल सिं लिम्बूले आफू बस्न अन्यत्र व्यवस्था नभएकाले केही दिनभित्रै घर निर्माण पूरा गर्ने बताएका छन्।

राहत वितरण कार्यक्रममा एमालेका मुरारी खतिवडा, जितबहादुर घिमिरे, सुमन श्रेष्ठ, जिल्ला कमिटी अध्यक्ष खड्गबहादुर राई, सीता दाहाल, सुनिता कार्की, बेद कुमारी रिमाल, राष्ट्रिय युवा संघ नेपालका स्थायी कमिटी सदस्य ध्रुब खड्का (D1), युवा इन्चार्ज भुपेन्द्र कार्की, सभापोखरी–१ का वडाध्यक्ष ईश्वर पुलामी मगर, सभापोखरी–३ का अध्यक्ष दिल बहादुर तामाङ, नेकपा एमाले खाँदबारी नगर अध्यक्ष देवेन्द्र घिमिरे, सभापोखरी गाउँपालिकाका निर्वाचित निवर्तमान अध्यक्ष रत्न सुब्बा, सभापोखरीकै पार्टी कमिटीका निवर्तमान अध्यक्ष तिर्थ भट्टराई, सोमनाथ बाराकोटी, छत्र कोरङ्गी, हिमाली राई, राष्ट्रिय युवा संघ नेपालका जिल्ला अध्यक्ष हिल जोन्सन राई, सचिव कमल सापकोटा, नगर अध्यक्ष कमल मगर तथा अन्य संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय