किरण लिम्बू, संखुवासभा।

Nepalitheme

पोक्लाबुङ्ग जन उत्थान मञ्च युथ क्लब, चैनपुर नगरपालिका–१ पोक्लाबुङ्ग, संखुवासभाको आयोजनामा पाँचौं पोक्लाबुङ्ग फुटबल कप–२०८१ खुल्ला वडा स्तरीय पुरुष तथा महिला फुटबल प्रतियोगिता हुने भएको छ। वसन्त पञ्चमीको अवसरमा आयोजित प्रतियोगिता माघ १५ गतेदेखि माघ १९ गतेसम्म सञ्चालन हुनेछ।

प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टिमले नगद ३१ हजार, तीनवर्षे रनिङ कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुनेले नगद २० हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। महिलातर्फ प्रथम हुने टिमले नगद १५ हजार र दोस्रो हुनेले नगद ७ हजारसहित मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ।

ऊनको स्वीटर टेजर

प्रतियोगितामा सहभागी हुन पुरुषतर्फ २ हजार ५ सय र महिलातर्फ १ हजार ५ सय रुपैयाँ दर्ता शुल्क तोकिएको छ। टिम दर्ता माघ १४ गते बेलुकी ४ बजेसम्म गर्न सकिनेछ। प्रतियोगिता माघ १५ गते बिहान १० बजेबाट सुरु हुने भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय