फालेलुङ।

Nepalitheme

पाँचथरको फालेलुङ गाउँपालिकाको उच्च क्षेत्रमा मंगलबार बेलुकी हिमपात भएको छ। हिमपात छिमेकी राष्ट्र भारतसँग जोडिएको सिमाना क्षेत्रका तीनसिमाना, शिखरघुम, चारराते र सन्दकपुर लगायत अन्य ठाउँमा भएको हो।

स्थानीयका अनुसार हिमपात ३ हजारदेखि ३६ सय मिटरको उचाइमा भएको छ। यो क्षेत्र हरेक वर्ष हिमपात हुने पर्यटकीय क्षेत्रको रूपमा परिचित छ। स्थानीय व्यवसायी डिल्ली प्रसाद केरुङका अनुसार, हिमपातका कारण कुनै चौरी गोठ वा होमस्टेमा क्षति पुगेको छैन। उनले बिहानको मौसम खुला रहेको जानकारी दिएका छन्।

सो क्षेत्रमा हाल ३२ वटा चौरी गोठ र झन्डै डेढ दर्जन होमस्टे रहेका छन्। हिमपातले यस क्षेत्रको सौन्दर्य थप बढाएको र पर्यटकहरूको चहलपहल बढ्ने अपेक्षा गरिएको केरुङले जानकारी दिएको हो।

तस्विर :डिल्ली प्रसाद केरुङ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय