फिदिम, पाँचथर ।

Nepalitheme

आगामी माघ ९ गतेदेखि १२ गतेसम्म पाँचथरको फिदिममा दोस्रो भेट्रान्स कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।

फिदिम भेट्रान्स क्लबको आयोजनामा हुने यस प्रतियोगितामा ४० वर्ष माथिका फुटबल खेलाडीहरूको सहभागिता रहनेछ। प्रतियोगिता फिदिम माविको खेलमैदानमा सञ्चालन हुनेछ। मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगिताबारे जानकारी दिँदै ८ टोलीको सहभागिता रहने बताए। तीमध्ये एक टोली अन्तर्राष्ट्रिय स्तरको हुनेछ।

ऊनको स्वीटर टेजर

प्रतियोगितामा आयोजक फिदिम भेट्रान्स क्लबसहित युनाइटेड फ्रेन्ड्स क्लब बुङकुलुङ (दार्जिलिङ), धरान भेट्रान्स (सुनसरी), दुधे भेट्रान्स (झापा), रेडस्टार भेट्रान्स (झापा), गोरखा भेट्रान्स (इलाम), बैद्ध भेट्रान्स (रानिटार, पाँचथर) र मोरङ भेट्रान्सले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको विजेता टोलीले नगद १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार रुपैयाँ पाउनेछ। साथै, व्यक्तिगत विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समेत पुरस्कृत गरिने आयोजकले जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय