पाँचथर। प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति पाँचथरको सातौं जिल्ला ऐतिहासिक अधिवेशनबाट युद्ध बहादुर बोहरा सर्वसम्मत रूपमा अध्यक्ष पदमा निर्वाचित भएका छन्।
शनिबार फिदिमको सगुन होटलमा सम्पन्न अधिवेशनले ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। समितिमा उपाध्यक्ष रोहित आङ्बो र निशा लोवा, सचिव सुबाश राई, सहसचिव जिपी अधिकारी र उत्तर लिम्बू, तथा कोषाध्यक्ष रजनी हाङ्सरुम्बा चयन भएका छन्। सदस्यहरूमा पुरन सुकिता, अशोक लावती, संगिता अधिकारी र इच्छा लिम्बू रहेका छन्।
अधिवेशनले प्रदेश पार्षद सदस्यमा सेसेहाङ लाओती, रामप्रसाद बाँस्कोटा र भीम कुमार चेम्जोङलाई चयन गरेको छ भने केन्द्रीय पार्षद सदस्यमा घनेन्द्र केरुङ र रामचन्द्र तामाङलाई निर्वाचित गरेको छ।
कार्यक्रममा सक्रिय पत्रकार युद्ध बहादुर बोहरा र रजनी हाङ्सरुम्बालाई दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको छ। यसैगरी, संस्थापक अध्यक्ष सुर्यमान जबेगु, पूर्वअध्यक्षहरू खड्क सुन्दर सम्बाहाम्फे, राजन केडी र घनेन्द्र केरुङलाई पनि दोसल्ला र सम्मानपत्र प्रदान गरिएको सचिव सुबास राईले जानकारी दिए।
कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य तथा पाँचथर सह-इन्चार्ज दिनेश कुमार लावती थिए। विशिष्ट अतिथिमा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य विजयबोध लावती, माओवादी केन्द्रका जिल्ला संयोजक विशाल रसाइली, प्रदेश सचिवालय सदस्य शंकर ध्वज नेम्वाङ, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष भीम बाँस्कोटा, प्रेस युनियनका जिल्ला अध्यक्ष खबिन लुइँटेल, प्रेस चौतारीका जिल्ला अध्यक्ष रविन्द्र काफ्ले, समाजवादी प्रेस संगठनका प्रतिनिधि सुरज भण्डारी, पत्रकार लक्ष्मी गौतम, गिरिराज बाँस्कोटा, रमेश थापा र अन्य पत्रकार तथा गणमान्य व्यक्तिहरूको उपस्थिति थियो।
नवनिर्वाचित अध्यक्ष बोहराले निवर्तमान अध्यक्ष सेसेहाङ लाओती र उनको टोलीलाई धन्यवाद ज्ञापन गर्दै आगामी कार्यकालमा संस्थाको सुदृढीकरणका लागि प्रतिबद्ध रहने बताए। साथै, निर्वाचन समिति संयोजक सन्त राई र सदस्यहरू विजयबोध लावती तथा विशाल रसाइलीलाई सहयोगका लागि धन्यवाद दिए।
कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष रोहित आङ्बोले राखेका थिए। कार्यक्रम सञ्चालन सचिव भिम कुमार चेम्जोङले गरेका थिए भने अध्यक्षता सेसेहाङ लाओतीले गरेका थिए।
कार्यक्रमले प्रेस सेन्टरको भविष्य योजनाबारे व्यापक छलफल गर्दै पाँचथर जिल्लामा सञ्चार माध्यमको प्रभावकारी भूमिकालाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।