फिदिम।

Nepalitheme

दक्षिण कोरियामा रोजगारीका क्रममा स्वासप्रस्वास समस्याबाट पीडित पाँचथर याङ्वरक ३, ओयामका अमृत सेलिङलाई प्रवासमा रहेका पाँचथरबासीले आर्थिक सहयोग प्रदान गरेका छन्। पाँचथर सेवा समाज कोरिया र किराँत याक्थुङ चुम्लुङ कोरियाको पहलमा संकलित १ लाख ७० हजार रुपैयाँ सेलिङको उपचारका लागि प्रदान गरेको हो।

पाँचथरको फिदिममा आयोजित एक कार्यक्रममा सेवा समाजका सह-कोषाध्यक्ष विकेशराज योङयाले संकलित रकम बिरामी सेलिङलाई हस्तान्तरण गरे। समाजका सदस्य गोविन्द दुलालका अनुसार, कोरिया पुगेको पाँच महिनापछि स्वास्थ्य समस्याले काममा फर्कन नसकेका सेलिङलाई २७ महिना ‘सेल्टर’मा राखेर उपचारको प्रयास गरिएको थियो।

उपचारका लागि एकपटक नेपाल आएर फर्किएका सेलिङले फेरि समस्या दोहोरिएपछि नेपाल फर्कनुपरेको बताए। अहिले उनको विराटनगरमा निरन्तर उपचार भइरहेको छ। बिरामीले भने ‘स्वासप्रस्वासमा समस्या भएको छ। डाक्टरको सल्लाह अनुसार उपचार र चेकजाँचमा छु,’

रकम हस्तान्तरण कार्यक्रममा किराँत याक्थुङ चुम्लुङ पाँचथरका अध्यक्ष सुरेन्द्र केरुङ, युवा समाजसेवी सुमन लामा, बिजय आङ्देम्वे र मदन लावती लगायत पत्रकारको उपस्थिति रहेको थियो।

पाँचथर सेवा समाज र किराँत याक्थुङ चुम्लुङले यस्तो आपतकालीन अवस्थामा प्रवासीहरूको सहयोगले ठूलो राहत मिल्ने भन्दै सामूहिक प्रयासलाई निरन्तरता दिने प्रतिवद्धता जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय