फालेलुङ।

Nepalitheme

पाँचथरको फालेलुङ-४, गुरुङटारमा तमु ल्होसार २६०८ को अवसरमा नर्देन छोलिङ् छोको आयोजनामा पुस १४ देखि १६ गते सम्म पुरुष भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। तमु गुरुङहरूको परम्परागत पर्वको प्रचारप्रसार र संरक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमअन्तर्गत अन्तरपालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिनेछ। प्रतियोगितामा प्रथम हुने टोलीले नगद रु. ५० हजार २ सय ५० रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। द्वितीय हुने टोलीलाई नगद रु. २५ हजार ५ सय २५ रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। साथै, उत्कृष्ट खेलाडीलाई पनि विशेष पुरस्कार प्रदान गरिने आयोजक अमृत गुरुङले जानकारी दिए।

प्रतियोगितामा सहभागी हुनका लागि प्रवेश शुल्क रु. ३ हजार निर्धारण गरिएको छ। सहभागी टोलीले ४८ वर्षभन्दा माथिका खेलाडीलाई समावेश नगर्ने र खेलका नियमहरूको पालना गर्नुपर्ने आयोजकले जनाएको छ।

कार्यक्रममा तमु गुरुङ समुदायका परम्परागत पोशाक र सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिनेछन्। साथै, तामु गुरुङहरूको ऐतिहासिक महत्त्व झल्काउने गतिविधिहरू तथा अन्य जातजातिका सांस्कृतिक नृत्यहरू पनि प्रस्तुत गरिने छन्। यस क्रममा राई समुदायको साकेला नृत्य र लिम्बू समुदायको च्याबुङ नृत्य विशेष आकर्षणका रूपमा समावेश हुनेछन्।

पुस १५ गते फालेलुङ गाउँपालिकाका कर्मचारी टोली र आयोजक टोलीबीच मैत्रीपूर्ण भलिबल खेलसमेत आयोजना हुने भएको छ।

तमु ल्होसारको अवसरमा गरिने यस कार्यक्रमले स्थानीय सांस्कृतिक परम्पराको संरक्षण र खेलकुदको प्रोत्साहनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको आयोजकले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय